२०८१ बैशाख २१ , शुक्रवार

यस्ता छन् दिनहुँ बिहान स्याउको स्मूदी खानुका फाइदा

सुनाखरी न्युज  / काठमाडौं –  स्याउमा भिटामिन, पोटासियम, क्याल्सियम, म्याग्नेशियम, फस्फोरस ,आइरन प्रोटिन लगायतका विभिन्न पोषक तत्वह पाईन्छन । जसले हामीलाई डायविटिज, क्यान्सर लगायत विभिन्न रोगबाट बचाउने क्षमता राख्छ । स्याउ चिसो हावापानि भएको स्थानमा पाईने फल हो ।

 

स्याउको स्मूदीमा कैयौं प्रकारका पोषक तत्वहरु पाइन्छन् जसले स्वास्थ्यसँग जोडिएको धेरै समस्याहरुलाई कम गर्न सहयोग गर्छन् । आउनुहोस् जानौं बिहान स्याउको स्मूदी सेवन गर्दा हुने फाइदाहरुका बारेमा–

 

स्याउको स्मूदी खानु भनेको एउटा एनर्जी बुस्टर पनि हो । यसमा राम्रो मात्रामा ग्लूकोज पाइन्छ जसले शरीरमा ऊर्जा दिने काम गर्छ । यसरी शरीरको थकान तथा कमजोरी टाढा भाग्छ ।

स्याउको स्मूदीमा भिटामिन सी को राम्रो मात्रा पाइन्छ, जसले रोग प्रतिरोधात्मक शक्ति पनि वृद्धि गर्छ । यसले अक्सीडेटिभ स्ट्रेसलाई कम गर्न सहयोग गर्छ ।

यो नियमित सेवन गर्दा मेटाबोलिज्म बुस्ट हुन्छ जसले फ्याट तथा कोलेस्ट्रोल दुबै सही मात्रामा कम गर्ने गर्दछ । राम्रो मेटाबोलिज्म बनाएर तपाईं मोटोपन तथा हृदय सम्बन्धी समस्याहरुको सम्भावनालाई कम गर्न सक्नुहुन्छ ।

दैनिक खाली पेटमा स्याउको स्मूदीको सेवन गर्नाले मुटुको स्वास्थ्य पनि राम्रो हुन्छ । स्याउमा पाइने पोटाशियम, फाइबर र भिटामिन सीले रक्तचापलाई नियन्त्रित गरी हृदय सम्बन्धी समस्या कम गर्छ ।