२०८१ बैशाख १६ , आइतवार

मुग्लिन–नारायणघाट सडकको पहिरो पन्छाउन दिनभर लाग्ने

सुनाखरी न्युज/ काठमाडौं । शनिबारदेखि पुनः अवरुद्ध भएको मुग्लिन–नारायणघाट सडकखण्डको पहिरो पन्छाएर सुचारु गर्न घण्टौं लाग्ने भएको छ ।

पहिरो पन्छाउन तीनवटा डोजर परिचालन गरिए पनि पहिरो खस्ने क्रम नरोकिएकाले कति बेला सडक खुल्छ भन्न सकिने अवस्था नरहेको सडक डिभिजन कार्यालयल भरतपुरले जनाएको छ ।

सडक अवरुद्ध भएपछी मुग्लिनतर्फका सवारी फिस्लिङ, कुरिनटार र मुग्लिनमा रोकिएका छन् भने पश्चिमबाट आएका सवारी साधन नारायणघाटदेखि नै रोकिएका छन् ।

यो सडक हुँदै दैनिक औसतमा १० हजार सवारी साधन आउजाउ गर्ने गर्दछन् । राष्ट्रिय लाइफलाइनको रुपमा रहेको सडक बारम्बार अवरुद्ध हुँदा सर्वसाधारणले सास्ती ब्यहोर्दै आएका छन् ।