२०८१ जेठ ६ , आइतवार

‘रणा भो’ को शुभ-मुहूर्त गरियो भद्रकालीमा

सुनाखरी न्युज/ काठमाडौं ।  वेब सिरिज ‘रणा भो’ निर्माण हुने भएको छ । आइतबार भद्रकाली मन्दिरमा सिरिजको शुभ–मुहूर्त गरिएको छ । मुहूर्तसँगै सिरिजको छायांकन समेत सुरु भएको छ ।

 

मुभि प्वइन्टको प्रस्तुति र ज्ञारा इन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुने सिरिजलाई रामजी राउत र ज्ञानकुमार कट्टेल मिलेर निर्देशन गर्दैछन् । सिरिजको सम्पूर्ण छायांकन काठमाडौँमा गरिनेछ । रमेश बुढाथोकी, मुकुन्द मैनाली, सपना श्रेष्ठ, सुमिन गुरुङ, प्रितिका शर्मा, ज्ञानकुमार कट्टेल, रामजी राउत, सपेन्द धिताल, शंकरराज पहाडी, आर्यन राउत, उत्सव केसी, सुस्मिता मुडभरी, मनिषा कार्की, विवेक सिलवाल, दिनेश कार्की र बालकलाकार एलेक्स खड्काको अभिनय रहने सिरिज निर्देशक राउत र कट्टेलले मिलेर लेखेका हुन् ।

 

शृङखला निर्देशक कुलदीप शर्मा रहेको सिरिजमा, देव महर्जनको द्धन्द, लक्ष्मण घिमिरेको छायांकन तथा बन्दे प्रसादको सम्पादन रहनेछ ।