२०८१ जेठ ६ , आइतवार

नवलको ‘काँडेतार’ले पायो दश लाख पुरस्कार

 

सुनाखरी न्युज /  काठमाडौं– निर्माता, निर्देशक तथा अभिनेता नवल खड्काको नयाँ फिल्म काँतेतारले चलचित्र विकास बोर्डबाट ‘उत्कृष्ट कथा’ को पुरस्कार पाएको छ । नेपाल सरकारका सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले उक्त पुरस्कार प्रदान गरेकी हुन् । खड्काद्वारा निर्देशित, निर्मित तथा अभिनित फिल्म ‘काँडेतार’आगामी महाशिवरात्रीबाट प्रदर्शनमा आउने तयारीमा छ ।

 

विकास बोर्डको स्टोरी बैंक  कथा संग्रहालय अन्तर्गत सामना फिल्म्स प्रालिद्वारा निर्मित ‘काँडेतार’ को कथालाई उत्कृष्ट कथाको छनोट गरी आर्थिक सहयोग  सहकार्य बापत दश लाख रुपैयाँ प्रदान गरिएकाृे छ । शनिवार बोर्डको २३ औं वार्षिकोत्सवको अवसर पारेर सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले फिल्मका निर्देशक खड्कालाई उक्त रकम हस्तान्तरण गरिन् ।

 

‘देशभक्ति र राष्ट्रवादी भावनामा निर्मित चलचित्रलाई नेपाल सरकारले यसरी सहयोग गर्नु सबै देशभक्त अभियन्ता तथा नागरिकहरुको सम्मान साथै स्वदेशी चलचित्रको प्रवर्धन भएको मैले महशुस गरेको छु, निर्देशक खड्काले भनेका छन् ।

 

‘काँडेतार’ जस्ता फिल्मलाई सरकारले सहयोग गर्न पाउँदा आफू र सरकारसमेत खुशी भएको कुरा मन्त्री शर्माले बताइन् ।फिल्ममा गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरी, बालकलाकारहरु नादिया खड्का, सनया खड्का लगायतको अभिनय छ ।