२०८१ जेठ ६ , आइतवार

तोलामा ५०० सयले बढ्यो सुन

सुनाखरी न्युज/ काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको हो।

यो सँगै प्रतितोला फाइन गोल्ड १ लाख १० हजार १०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९ हजार ५५० रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ९ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

 

आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर १ लाख ३७० रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो।