२०८१ बैशाख २१ , शुक्रवार

खुला व्यायमशाला सञ्चालनमा

सुनाखरी न्युज/ काठमाडौं । चितवनको कालिका नगरपालिका–१ मा खुला व्यायमशाला सञ्चालनमा आएको छ । स्थानीय चतुरमुखी सामुदायिक वन क्षेत्रमा रहेको ‘गडुवा चिल्ड्रेन पार्क’मा खुला व्यायमशाला निर्माण गरी सञ्चालनमा ल्याइएको हो ।

 

व्यायामशालाको कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले शुभारम्भ गर्दै सार्वजनिक स्थानमा निर्माण गरिने भौतिक विकासले नगर क्षेत्रमा चहलपहल बढ्ने बताउनुभयो । वडा नं १ का वडाध्यक्ष शन्तवीर स्याङ्तानले वडाभित्र एउटा सुन्दर उद्यान बनाउने सपना पूरा हुँदै गएको बताउनुभयो । कार्यक्रममा स्थानीय धर्मगुरू पेमा लामाले उद्यानलाई थप आकर्षण बढाउन बुद्धको ठूलो स्तुपा बनाउनसकिएमा यसले पर्यटकीय चहलपहल बढाउने विश्वास व्यक्त गर्नुभयो ।

 

उद्यानमा निर्माण गरिएको बुद्धको स्तुपाको समेत अनावरण गरिएको छ । त्यसैगरी ‘चिल्ड्रेन पार्क’ मा वृक्षरोपण गरिएको वडाध्यक्ष स्याङ्तानले बताउनुभयो । खगेरी सब वन डिभिजन कार्यालयको अगुवाइमा कपुर, धुपी, बेल, निमलगायतका बिरूवा रोपिएको हो ।रासस