किरण गिरी । नेपाली कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठक समितिका संयोजक एवं पार्टीका महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा आज बस्यो । बैठकको निर्णाय बमोजिम नेपाली कांग्रेसको सदस्यता अनलाइन सम्बन्धमा देहायको व्यवस्था गरेको जानकारी का. मु . प्रमुख सचिब डा. प्रदिप पराजुलीले दिनु भएको छ ।
१. नेपाली कांग्रेसले अनलाइनबाट सदस्यता प्रदान गर्न शुरु गरेको छ । अब कांग्रेस सदस्य बन्न चाहने नेपाली नागरिकले नेपाली कांग्रेसको वेवसाइट https://www.nepalicongress.org/online-membership मा गई सदस्यता आवेदन दिन र अनलाइनबाटै सदस्यता शुल्क बुझाउन सकिनेछ । सदस्यता फारम भरिसकेपछि सो को जानकारी मोवाइलमा म्यासेजमार्फत प्राप्त हुनेछ । यसरी प्राप्त आवेदन पार्टीको केन्द्रीय कार्यालयबाट आवश्यक प्रक्रिया पुरा गरि अनलाइनबाटै फोटो सहितको सदस्यता कार्ड आवेदन दिने व्यक्तिलाई प्राप्त हुनेछ । २. यसअघि नेपाली कांग्रेसको क्रियाशील सदस्य भइसकेका व्यक्तिको क्रियाशील सदस्यता कार्ड केन्द्रले उपलब्ध गराउँदै आएकोमा अब पार्टी जिल्ला कार्यालयले नै प्रिन्ट गरी सम्बन्धित व्यक्तिलाई उपलब्ध गराउनसक्ने गरी सहज व्यवस्था गरिएको छ ।
३. नेपाली कांग्रेसको विधान अनुसार क्रियाशील सदस्यता प्रत्येक वर्ष नविकरण गर्नुपर्ने व्यवस्था छ । प्रत्येक वर्ष गर्नुपर्ने क्रियाशील सदस्यता नविकरणको नियमित प्रक्रिया शुरु गरिसकिएको छ । नविकरण गर्नको लागि जिल्ला कार्यालयले मातहतका निकायबाट विधान बमोजिमको आवश्यक प्रक्रिया पुरा गरी गराई योग्यता पुगे नपुगेको हेरी अनलाइबाटै नविकरण विवरण भर्नेछ । यसरी नविकरण भएको व्यक्तिको सदस्यता नविकरण कार्ड अनलाइन वा प्रिन्ट गरेर जिल्ला कार्यसमितिले नै सदस्यलाई उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
४. पार्टीको विधानमा योग्यता पुगेको व्यक्तिलाई अधिवेशनको वर्ष वाहेक अन्य समयमा नयाँ क्रियाशील सदस्यता निरन्तर वितरण गर्नुपर्ने व्यवस्था छ । यस वर्षदेखि निरन्तर रुपमा सदस्यता वितरण गर्ने काम प्रारम्भ भइसकेको छ । क्रियाशील सदस्यता लिन चाहने व्यक्तिले पार्टीको वडा तहमा आवेदन दिएमा विधान बमोजिमको प्रक्रिया पुरा भएका व्यक्तिको क्रियाशिल सदस्यता विवरण प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले अनलाइनबाट भर्नेछ र सबै विवरण अभिलेख भएपछि सदस्यता कार्ड उपलब्ध गराइनेछ ।
५. नेपाली कांग्रेसको क्रियाशील सदस्यता खुल्ला भइसकेको छ । अनलाइनबाटै क्रियाशील सदस्यता पनि भर्न पाउने गरी आवश्यक प्राविधिक तयारी गरिसकिएको छ । यसका लागि विधान र नियमावलीमा रहेका केही विषयमा संसोधनको प्रकृया पुरा गरेपछि क्रियाशील सदस्यताको आवेदन पनि पार्टीको वेवसाइटबाट अनलाइनमै भर्न सकिनेछ ।
” सुदृढ कांग्रेस , समृद्ध बन्छ देश ” नयाँ एजेन्डा र दृष्टिकोणका साथ नेपाली कांग्रेस :-
त्यतिबेला मात्रै समृद्ध हुन्छ देश , जतिबेला जनता संग जोडिन्छ कांग्रेस । त्यसैले अब सुदृढ कांग्रेस , समृद्ध देश ।
मुलुकको राजनीति लाई नयाँ गति र उर्जा प्रदान गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र लाई सुदृढ र संस्थागत गर्न एबं राजनीतिमा नयाँ र युवा पुस्ताको भुमिका तथा सहभागिता सुनिश्चित हुने गरि अब नेपाली कांग्रेसले आफुलाइ सैद्धान्तिक , बैचारिक र सांगठनिक रूपमा नै नयाँ पन र दृष्टिकोण दिन सक्नु पर्दछ ।
मुलुक लाई उग्रवामपन्थी र उग्रदक्षिणपन्थीको षड्यन्त्र बाट बचाउन समेत नेपाली कांग्रेसले आफ्नो भुमिका लाई सक्रिय र प्रभावकारी रूपमा तत्काल अगाडि बढाउनु जरुरी देखिन्छ ।
सैद्धान्तिक :-
राष्ट्रियता लोकतन्त्र र समाजबाद लाई युबा पुस्ताको बिकास र समृद्धि संग जोड्ने ।
– संघीय लोकतान्त्रिक गणतन्त्र लाई जन जनमा बलियो र लोकप्रिय बनाउन राज्य प्रणालीमा साधारण जनताको पहुच सुनिश्चित गर्ने ।
राजनीतिक सुधार र परिबर्तन :-
– प्रतिनिधि सभाको सिट -२६५ कायम गर्ने ।
– प्रदेश सभाको सिट -३३० कायम गर्ने ।
– दुबै तहमा समानुपातिक निर्वाचन प्रणाली खारेज गर्ने ।
– संबिधान अनुसार आठ वटै क्लस्टरबाट प्रतिनिधित्व सुनिश्चित हुने गरि राष्ट्रिय सभामा – ९१ सिट को ब्यबस्था गर्ने ।
प्रमुख राजनीतिक दलहरु संग संबाद गर्दै सो अनुसार संबिधान संशोधन प्रस्ताव नेपाली कांग्रेस को पहलमा थालनी गर्ने ।
बैचारिक :-
– नयाँ र युवा पुस्ताको आकर्षण बढाउन र ४० बर्ष मुनीका मतदाता हरुमा नेपाली कांग्रेस प्रति बिश्वास र आकर्षण बढाउन बिशेष अभियान चलाउने ।
सांगठनिक :-
– नेपाली कांग्रेस पार्टी संगठनमा पुस्तान्तण र रुपान्तरण गर्दै केन्द्र देखि वडा सम्म सबै कार्यसमितिमा ४० बर्ष सम्मका युवाहरुको सक्रियता , सहभागिता र भुमिका सुनिश्चित गर्ने ।
– नेपाली कांग्रेसको क्रियाशील सदस्य बितरण र नवीकरण अब अनलाइन बाट नै गर्ने ब्यबस्थापन गर्ने । सदस्यता बितरण र नवीकरण सदा खुल्ला र पारदर्शी बनाउने । महाधिवेशन हुने बर्ष बैशाख -१ गते बाट महाधिवेशन सम्म क्रियाशील सदस्यता बितरण कार्य बन्द गर्ने । यस बाट सबै तहको अधिबेशन र महाधिवेशन तनाव पुर्ण र जटिल नभइ सौहार्द पुर्ण र स्वस्थ हुने छ । जसको थालनी भैसकेको छ ।
उल्लेखित सैद्धान्तिक , बैचारिक र सांगठनिक बर्तमान स्वरुप र खाका संसोधन गरि बिशेष राजनीतिक प्रस्ताव पारित गरि नेपाली कांग्रेसको नयाँ अबधारणा राष्ट्रिय एजेन्डा का रूपमा अगाडि बढाउनु जरुरी देखिन्छ । संसदले आ.ब.-२०८०/८१ को बजेट पास गरे संगै अब सरकार र नेपाली कांग्रेसले नयाँ शैली र संदेश सहित अगाडि बढ्नु जरुरी देखिन्छ छ ।
किरण गिरी , निबर्तमान केन्द्रीय सदस्य एबं महासमिति सदस्य नेपाली कांग्रेस ,काठमाडौं नेपाल ।