२०८१ जेठ ६ , आइतवार

आमा रुबी राणासँगै मुम्बई उडिन् प्रसिद्धि

सुनाखरी न्युज/ काठमाडौं । मिस नेपाल इन्टरनेसनल प्रसिद्धि शाह मुम्बई उडेकी छन् । मिस इन्टरनेसनलको तयारीका लागि उनी आमा रुबी राणासँगै शुक्रबार मुम्बई उडेकी हुन् ।

 

उनले सामाजिक सञ्जालमा तस्बिर शेयर गर्दै मुम्बई यात्राको जानकारी दिएकी छन् । मिस इन्टरनेसनल आगामी कात्तिक ९ गते जापानको टोकियोमा आयोजना हुँदैछ ।

 

जसका लागि उनले मुम्बईमा ग्रुमिङ, वाकिङ, मेकअप लगायतका विषयमा आफूलाई निखार्ने छिन् । कार्यक्रममा उनले वातावरणको परिचय दिनुको अलवा नेपाली कलासंस्कृति र भेषभुषाको समेत जानकारी दिनेछिन् ।