२०८१ बैशाख २१ , शुक्रवार

झाडापखाला लागेर एक बालकको मृत्यु

सुनाखरी न्युज/ काठमाडौं ।  डडेल्धुरामा झाडापखालाबाट एक बालकको मृत्यु भएको छ। जिल्लाको परशुराम नगरपालिक-७ पिपलकोटका ९ वर्षीय प्रेम पुनमगरको झाडापखालबाट बिहीबार मृत्यु भएको हो।

 

गाउँकै सिद्धनाथमावि कक्षा ३ मा अध्ययनरत मगरलाई बुधबारबाट झाडापखाला लागेको परिवार स्रोतले जनाएको छ। पानी परेकाले जोगबुडा अस्पताल समेत लग्न नसकिएको र बालकको उपचार नै नपाई मृत्यु भएको स्थानीय नरेन्द्र बोहराले जानकारी दिए। बोहराका अनुसार प्रेमकै आमा ५३ वर्षीया दिलादेवी पुनमगर पनि झाडापखालाका कारण थला परेकी थिइन्।

 

उनी स्वास्थ्य केन्द्र मलासमा उपचार गरेर घर फर्किकी छन्। बर्खाका कारण पहिरोले सडक अवरोध भएकाले मलासको पुरै गाउँ सडक सञ्जालबाट टाढा भएको छ। मलासबाट जोगबुडा अस्पताल पुग्न दिनभरको बाटो हिँड्नुपर्ने स्थानीयको भनाइ छ।