२०८१ असार ४ , सोमवार

हेटौँडाको नवलपुरमा बस दुर्घटना, ३७ जना घाइते

सुनाखरी न्युज/ काठमाडौं । हेटौँडामा  बस दुर्घटना हुँदा ३७ जना घाइते भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

 

नारायणगढबाट जनकपुरका लागि छुटेको ना.६ख ९८०४ नम्बरको बस आफैँ अनियन्त्रित भई सडकबाट करिब सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी वामदेव गौतमले जानकारी दिए।

दुर्घटनामा घाइते भएका ३७ मध्ये १० जनाको चुरेहिल अस्पताल र २७ जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको एसपी गौतमले बताए। घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको उनले जानकारी दिए। एसपी गौतमका अनुसार बसका चलाक फरार छन्।