२०८१ बैशाख २२ , शनिवार

धितोपत्र बोर्ड बाट रिलायबल लाइफ इन्स्योरेन्सले पायो प्रिमियममा आईपिओ जारी गर्न अनुमति

सुनाखरी न्युज/ काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियममा आईपिओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले आज असार १५ गते कम्पनीलाई आईपिओ निष्काशनको लागि अनुमति प्रदान गरेको हो ।

 

कम्पनीले अंकित मूल्य १०० रुपैयाँ १५७ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता २५७ रुपैयाँमा शेयर निष्काशन गर्न अनुमति पाएको हो । कम्पनीले १ करोड २० लाख कित्ता शेयर निष्काशन गर्ने छ । शेयर निष्काशनको लागि सिभिल क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।कम्पनीले सुरुमा अंकित मूल्य १०० मा ११२ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २१२ रुपैयाँमा आईपिओ निष्काशन गर्ने प्रस्ताव गरेको थियो ।

 

कम्पनीले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन लेखापरीक्षण गराएपछि अंकित मूल्य १०० मा १९९ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २९९ रुपैयाँमा आईपिओ निष्काशन गर्ने प्रस्ताव गरेको थियो । तर अब कम्पनीले अंकित मूल्य १०० रुपैयाँ १५७ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता २५७ रुपैयाँमा शेयर निष्काशन गर्न अनुमति पाएको छ ।