२०८१ बैशाख २४ , सोमवार

गदर २ को उड जा काले कावा गीत सार्वजनिक

सुनाखरी न्युज  / काठमाडौं –   सनी देओल र अमीषा पटेल अभिनित प्रतीक्षित फिल्म ‘गदर २’ को पहिलो गीत रिलिज भएको छ । निर्माण युनिटले फिल्मको २२ वर्षपछि गीत ‘उड्जा काले कावा’ नयाँ भर्सनमा ल्याएको हो । बिहीबार जी म्यूजिक कम्पनी युट्युब च्यानलमार्फत उड जा काले कावा बोलको गीत सार्वजनिक गरिएको हो।

 

यस अगाडि यो गीत फिल्मको पहिलो पार्ट ‘गदर’ समेत राखिएको थियो । गीतमा सनी र अमीषा पुरानै लुक्समा देखिएका छन् । ‘गदर’ २००१ मा रिलिज भएको थियो । उदित नारायण र अल्का याग्निकको स्वर रहेको गीतलाई मिथूनले पुनः निर्माण गरेका हुन्।  अनन्द बक्शीको शब्द रहेको गीतमा उत्तम सिंहले संगीत भरेका थिए। फिल्म गदरमा सनी देओल तारा सिंहको भूमिकामा थिए, भने अमीषा पाकिस्तानी महिला सकीनाको भूमिकामा थिइन् । फिल्म गदर बक्स अफिसमा हिट भएको थियो ।

 

‘गदर २’का निर्देशक अनिल शर्मा हुन् । जसले गदर समेत निर्देशन गरेका थिए ।अनिल शर्माले निर्देशन गरेको फिल्ममा सनी देओल, अमीषा पटेल, उत्कर्श शर्मा, मनिष वधवा, गौरव चोपडा, लुभ सिन्हा, सिम्राट कौरलगायत कलाकारको अभिनय छ। फिल्मको कथा शक्तिमान तलवारले लेखेका हुन्।