२०८१ बैशाख २४ , सोमवार

‘अल्लारे जोवन’ बोलको रोमान्टिक थिमको गीत सार्वजनिक

सुनाखरी न्युज / काठमाडौं –  आगामी साउन ५ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘लुङा’को गीत सार्वजनिक गरिएको छ । ‘अल्लारे जोवन’ बोलको रोमान्टिक थिमको गीतमा आयुष प्रधानको स्वर, शब्द रचना तथा संगीत रहेको छ । लिरिकल गीतमा फिल्मका अभिनेता भुवन सिंह राई र अधिनेत्री सारा लोहोरुङ राईबीचको प्रेम, नोंकझोक र परिवारको अवरोधलाई देखाइएको छ ।

 

गीतको अडियो पक्ष बलियो छ ।किरण राईको निर्देशन रहेको फिल्ममा भुवन र साराको अलवा बुद्दि तामाङ, भिम शर्मा लिम्बू, प्रकाश दाहाल, अनुप लिङ्खिम, सुदीपजंग कार्की, गङ्गाबहादुर राई, सम्झना लिम्बू, रमेश बुढाथोकी, निशान लुइँटेल, स्मृति पोखरेल, सलिना गुरुङ लगायतको पनि अभिनय छ । ज्योतिराज राई प्रस्तुतकर्ता रहेको फिल्मको निर्मातामा सञ्जीव राई हुन् ।

 

प्रयास घिमिरे कार्यकारी निर्माता र शान्ता पौडेल, मनिशा पाठक, मेनुका घिमिरे, कैलाश राई र टिआर साम्सोहाङ सह(निर्माता रहेको फिल्मको निर्माणमा भूमिसा प्रोडक्सनले इस्टन मिडियासँग सहकार्य गरेको छ । ‘लुङा’मा किरण राईको छायांकन तथा सम्पादन छ । भुवन सिंह राईको लेखन रहेको फिल्मको पटकथा तथा संवाद प्रयास घिमिरे, निश्चल सापकोटा र भुवन स्वयंले लेखेका हुन् ।