२०८१ बैशाख २९ , शनिवार

एनसेलको नयाँ एनसेल सेन्टर लहानमा

सुनाखरी न्युज/ काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकलाई एकै स्थानबाट विभिन्न सेवाप्रदान गर्दै ग्राहकलाई विश्वस्तरीय सेवा सुविधाको अनुभव प्रदान गर्ने उद्देश्य सहित लहानको शहिद चोकमा आफ्नो नयाँ सेन्टर संचालनमा ल्याएको छ ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले एक कार्यक्रम माझ विहीबार उक्त एनसेल सेन्टरको उद्घाटन गरेका थिए । विहीबारदेखि यो सेन्टर सबैग्राहकलाई सेवा प्रदान गर्ने गरी पूर्ण रुपमा संचालनमा आएको कम्पनीले जनाएको छ ।

आफ्नो ब्राण्ड बाचा ‘आज, भोलि, सधैं सँगै’ अनुरुप स्थापनागरिएको यस नयाँ एनसेल सेन्टरबाट ग्राहकले एनसेलका सेवा तथा सुविधाहरुका बारेमा सोधपुछ गर्न, सिमखरिद गर्न, इन्टरनेट सेटिङ्गको जानकारी लगायतविभिन्नकर्पोरेट सेवाहरु समेत लिन सक्छन् । यसैगरी ग्राहकहरुले यस सेन्टरबाट आफ्नो सिमफोरजीमाअपग्रेड गर्ने, सिमतथामोबाइलनम्बर परिवर्तन,सिम ईसिममाअपग्रेड गर्न, सीयुजीनम्बरहरुको आवश्यक फेरबदल गर्ने, बिजप्लान, अन्तर्राष्ट्रिय रोमिङ्ग सुचारु गर्ने, बिलतिर्ने, ब्यालेन्स रिचार्ज र ट्रान्सफर गर्ने लगायतकाअन्यग्राहक सेवाहरु प्राप्त गर्न सक्छन् ।

“हाम्रो मुख्य उदेश्य भनेको आफ्ना ग्राहकहरुलाई सेवाहरु मार्फत धेरैभन्दा धेरै लाभ सिर्जना गर्नु हो ।” जाब्बोरले भने । “लहानको योनयाँ एनसेल सेन्टरग्राहकलाई स्थानिय स्तरमा विश्वस्तरीय ग्राहक सेवाहरु प्रदान गर्ने हाम्रो प्रतिवद्धता बमोजिम संचालनमा ल्याइएको हो ।”

आइतबारदेखि शनिबार हप्ताको सातै दिनबिहान ९ बजे देखि ५ः३० बजेसम्म यस सेन्टरले ग्राहकहरुलाई सेवा प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ । यस अघि एनसेलले विगत १० वर्षदेखि लहानमा आफ्नो पुरानो एनसेल सेन्टरबाट ग्राहक सेवाप्रदान गर्दैै आएको थियो । आफ्नो ग्राहक सेवालाई अझ सहज बनाई उत्कृष्ट ग्राहक अनुभवप्रदान गर्न एनसेलले देशका विभिन्न भागमा ३४ वटा एनसेल सेन्टरहरु संचालन गर्दै आएको छ ।