२०८१ जेठ ७ , सोमवार

आज असार १५ : दही चिउराको महत्त्व र फाइदा

सुनाखरी न्युज  / काठमाडौं –  आज असार १५ अर्थात नेपाली समाजमा खेतमा रोपाइँ गरी दही चिउरा खाएर मनाउने परम्परा छ ।आजबाट रोपाइँ सुरु गरेर दही चिउरा खाजाको रूपमा खाने चलन रहेको छ। दही चिउरा स्वास्थ्यका लागि निकै फाइदाजनक छ दही चिउरामा कार्बोहाइड्रेट, प्रोटिन, क्याल्सियम, भिटामिन पाइन्छ । यो स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।

 

दहीमा पाइने स्वास्थ ब्याक्टेरियाले पाचन क्रियालाई सहयोग पुर्याउँछ। दही चिसो हुने भएकाले यसले मसलेदार खानेकुराको असरलाई कम गर्दछ। आजको दिनलाई किसानले विशेष रूपमा दही चिउरा खाने पर्वको रूपमा मनाउने गरेका छन्।दहीमा हुने रासायनिक पदार्थले पाचन प्रक्रियालाई सहज बनाउँछ।  त्यसैले दही चिउरा खाँदा मिठो मात्र होइन, यसले स्वास्थ्यका लागि पनि निकै फाइदा गर्छ।

 

दही चिउरा खानुको फाइदा

-दही चिउरा खानुका केही फाइदा हामीले माथि नै चर्चा गरिसकेका छौं। यसका फाइदालाई बुँदागत रुपमा निम्नि अनुसार उल्लेख गर्न सकिन्छ।
– दहीमा चिउरा मिसाएर खाँदा कार्बोहाइड्रेड, प्रोटिन, क्याल्सियम, भिटामिन प्राप्त हुन्छ।
– चिउरामा आइरनको मात्रा बढी हुन्छ। त्यसकारण दहीमा मिसाएर खाँदा लाभ मिल्छ।
– दहीको सेवनबाट पेटको गर्मीमा पनि कमी ल्याउँछ। यसले शरीरमा शीतलता प्रदान गर्छ।

– गर्मीमा दही पिएर घरबाट निस्किँदा ‘लू’ लाग्ने खतरा पनि कम हुन्छ। मांसपेशी बलियो बनाउँछ। त्यस कारण दही खानु निकै     फाइदाजनक मानिन्छ।
– चिउरा सजिलै पच्ने भएकाले पाचनमा समस्या हुनेले दहीसँग प्रयोग गर्न सकिन्छ।
– दहीले रोग प्रतिरोधात्मक क्षमतामा समेत वृद्धि गर्छ। यसले एलर्जीको समस्यामा पनि फाइदा गर्छ। निन्द्रा नलाग्ने समस्याबाट टाढा राख्छ।

– चिउरामा कार्बोहाइड्रेड भएकाले दहीमा मिसाएर खाँदा शरीरमा शक्ति प्रदान गर्दछ।
– दहीमा चिउरा मिसाएर खाँदा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।

– पखाला लागेको समयमा दही खानु उपयुक्त हुन्छ ।