२०८१ बैशाख २४ , सोमवार

यी हुन् कस्मेटिक सर्जरी गरेका ५ वलिउड नायिकाहरु

सुनाखरी न्युज  / काठमाडौं  – अहिले पछिल्लो समयमा चलचित्र कर्मी स्वदेशी होस या बिदेशी हरेक कोइ न कोइले प्लास्टिक सर्जरी गरेको पाईन्छ । हलिउड का माइकल ज्याक्सन देखि बलिउड प्रियंका चोपडासम्मले प्लास्टिक सर्जरी गरेको भेटिन्छ। कसैले नाक, कसैले ओंठ त कसैले अन्य अंगको प्लास्टिक सर्जरी गरेका छन् ।

सरिर या मुहारको गुणता बढाउनको लागि आज प्लास्टिक सर्जरी गर्ने चलन बढेको छ । सर्जरीपछि कसैको राम्रो नतिजा आएको छ भने कतिपयका अंग पहिलेभन्दा झनै बिग्रिएका पनि छन् । जानौं पलास्टिक सर्जरी गरेका अभिनेत्रीबारे ।

 

-अभिनेत्री आयशा टाकियाले पनि ओंठको सर्जरी गराइसकेकी छन् । जसले गर्दा उनका ओंठ पहिलेको तुलनामा एकदमै ठूला देखिन्छन् ।

-फिल्म ‘पिके’ मा अनुष्काको पनि सर्जरी पछिको अनुहार देखिएको थियो । जहाँ उनको ओंठको सर्जरी फेल भएको देखिन्छ ।   उनलाई पनि त्यही कारणले ट्रोल गरिएको थियो ।

-त्यस्तै फिटनेसका लागि सधैं अगाडि आउने शिल्पा शेट्टीले पनि नाकको सर्जरी गराएकी थिइन । अभिनेत्री श्रुती हसनले पनि कस्मेटिक सर्जरी गरेको स्वीकार गरेकी थिइन ।

 

 

-प्रियंका चोपडाले आफ्नो सुन्दरता बढाउनका लागि प्लास्टिक सर्जरीको सहारा लिएकी थिइन । उनले आफ्नो ओंठमा सर्जरी गरेकी  थिइन ।

-कैटरीना कैफले पनि प्लास्टिक सर्जरी गराइसकेकी छन् । उनले पनि ओंठलाई सुन्दर बनाउन प्लास्टिक सर्जरीको साहारा लिएकी  थिइन । जो उनका प्रसंसकलाई कति पनि मन परेको थिएन ।