२०८१ जेठ ६ , आइतवार

बढ्यो सुनको भाउ

सुनाखरी न्युज/ काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो।

यो सँगै प्रतितोला फाइन गोल्ड १ लाख ९ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९ हजार १०० रुपैयाँ कायम भएको छ। हिजो बिहीबार सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ९ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेर १ हजार ३६० रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार ३७० रुपैयाँमा किनबेच भएको थियो।