२०८१ बैशाख २४ , सोमवार

अभिनेत्री सहारा कार्की र अभिनेता फिरोज तिमल्सिनाले कसे लगनगाँठो

सुनाखरी न्युज/ काठमाडौं । फिल्म ‘दर्पण छाया २’ की अभिनेत्री सहारा कार्की र अभिनेता फिरोज तिमल्सिनाले विवाह गरेका छन् । गत साता इन्गेजमेन्ट गरेका उनीहरुले गत सोमबार अमेरिकामै लगनगाँठो कसेका हुन् ।

 

करिब ६ वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका उनीहरूको विवाह समारोहमा दुई पक्षका सीमित परिवार सदस्यको उपस्थिति थियो । पछिल्लो समय दुवै अमेरिका बस्दै आएका छन् । ‘दर्पण छाया २’ सहाराले पुष्पको अपोजिटमा अभिनय गरेकी थिइन् भने उनीहरूको घनिष्ठ साथीको भूमिकामा फिरोज थिए । यही फिल्मबाट सहारा र फिरोजबीच प्रेम अंकुराएको बताइन्छ ।

 

सहारा र फिरोजले ‘मेरी प्रिया’ र ‘किन’ गीतको म्युजिक भिडियोमा पनि एकसाथ काम गरेका छन् । दुवै गीतमा फिरोजको आवाज छ