२०८१ जेठ ६ , आइतवार

बजेट वहुमतले पारित, एमालेले मागेको मत विभाजनको प्रक्रियामा उपलब्धी शुन्य

bujet

सुनाखरी न्युज/ काठमाडौं ।
चालु आर्थिक बर्षको बजेठ अर्थात विनियोजन विधेयक वहुमले पारित भएको छ । यसअघि प्रमुख प्रतिपक्षी नेकपा एमालेले आगामी आर्थिक वर्ष २०८०-८१ को बजेट पारित गर्नका लागि मत विभाजन माग गरेको थियो ।

विभाजन माग गरेपछि भएको मतदानमा विनियोजन विधेयकको पक्षमा १४७ मत पर्‍यो । जुन प्रतिनिधिसभाको बहुमत हो ।

प्रतिनिधि सभाको बुधबार बसेको  बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभामुख देवराज घिमिरेले हुन्छ वा हुँदैन भनी ध्वनी मतका लागि प्रस्ताव गरेका थिए । सभामुखले हुन्छ भन्ने पक्षमा बहुमत देखा परेको उल्लेख गर्दै बजेट पारित भएको घोषणा गरेका थिए ।

 

तर, एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बजेट पारित गर्न हुन्न भन्ने पक्षमा बहुमत रहेको दाबी रग्दै मत विभाजन माग गरे । मत विभाजन माग भएपछि सभामुख घिमिरेले सोही अनुसार प्रक्रिया अगाडि बढाएका छन् । सो प्रकृया वाट पनि बजेट पारित भयो ।

 

प्रतिनिधिसभा नियमावली २०७९ को नियम २९ मा मत विभाजन सम्बन्धी व्यवस्था छ । जहाँ भनिएको छ, ‘ ‘सभामुखको घोषणाप्रति कम्तीमा अट्ठाइस जना सदस्यले आ–आफ्नो स्थानमा उभिई असहमति प्रकट गरेमा सभामुखले “हुन्छ”, “हुन्न” र “मत दिन्न” भन्ने सदस्यलाई देहाय बमोजिमको कुनै तरिकाले विभाजन गरी मत संकलन गर्नेछ ।’

अब “हुन्छ”, “हुन्न” र “मत दिन्न” भन्ने सदस्यलाई भिन्नाभिन्नै ढोकाबाट उपकक्ष ९लवि० मा प्रवेश गराई वर्णानुक्रमानुसारको नामावलीमा दस्तखत गराएर विनियोजन विधेयकका विषयमा सदनमा निर्णय लिनेछ ।

२७५ सदस्यीय प्रतिनिधिसभामा विनियोजन विधेयक पास हुनका निम्ति बहुमत आवश्यक पर्दछ ।

प्रतिनिधिसभामा सत्तारुढ दलहरु नेपाली कांग्रेसका ८८, नेकपा माओवादीको ३२, जनता समाजवादी पार्टी (जसपा)को १२, नेकपा एकीकृत समाजवादीको १०, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीको ४ र नागरिक उन्मुक्ति पार्टीको ३ सदस्य छन् ।

प्रतिपक्षीतर्फ नेकपा एमालेको ७८, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को २१, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को १४ सांसद छन् । नेपाल मजदुर किसान पार्टी, आम जनता पार्टी, राष्ट्रिय जनमोर्चा लगायतका साना दलहरुको एकरएक सिट छ ।