२०८१ बैशाख २१ , शुक्रवार

नेप्सेमा गिरावट, तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि

सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चौथो दिन आज बुधबार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से ३५.३७ अंकले घटेर दुई हजार एक सय ५० दशमलब ९९ विन्दुमा बन्द भएको हो ।

 

आज ५ अर्ब ९७ करोड २२ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका ३६ कम्पनीको शेयरमूल्य बढेको छ भने १८८ कम्पनीकोे शेयरमूल्य घटेको छ । एक वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा हिमालयन लाइफ इन्स्योरेन्स, बिपीडब्लु लघुवित्त र सिटी होटल्स रहेका छन् ।

 

आज सबैभन्दा बढी इङवा हाइड्रोपावर लिमिटेड, खप्तड लघुवित्त र तारागाउँ रिजेन्सी होटलका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ६ प्रतिशत भन्दा बढीले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन लाइफको भएको छ । यस कम्पनीको आज ८३ करोड ७० लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।