सुनाखरी न्युज / काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो ६ महिनाको रिपोर्ट कार्ड संसद्मा प्रस्तुत गरेका छन्। बुधबार प्रतिनिधिसभाका बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो सरकारको ६ महिने रिपोर्ट कार्ड सदनमा प्रस्तुत गरेका हुन्।
गत पुसमा बनेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले ६ महिना पूरा गरेको छ । सुरुमा एउटा गठबन्धनबाट बनेको सरकार अहिले अर्को गठबन्धनमा छ ।
गठबन्धनका सहयात्री परिवर्तन भए पनि प्रचण्ड नेतृत्वसको सरकार चलिरहेको छ । प्रधानमन्त्री प्रचण्डले बुधबार प्रतिनिधिसभाको बैठकमा ६ महिनामा गरेका कामबारे जानकारी गराए ।
मुख्य रुपमा सुशासनलाई उपलब्धिका रुपमा देखाइएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा अगाडि बढ्नुलाई सफलता मानेको सरकारले प्रचण्डको भारत भ्रमणलाई पनि उपलब्धिमै राखेको छ ।