सुनाखरी न्युज/ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग संयुक्तराष्ट्र संघका उपमहासचिव जाँ पिएर लाक्रोसले शिष्टाचार भेट गर्नुभएको छ ।
भेटमा नेपाल र संयुक्त राष्ट्रसंघको साझेदारी र शान्ति स्थापनामा नेपालले गर्दै आएको योगदानका बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
नेपालको चार दिने भ्रमणमा आउनु भएका उपमहासचिव लाक्रोसले यसअघि उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र प्रधान सेनापति प्रभुराम शर्मासँग पनि भेटवार्ता गरिसक्नु भएको छ ।