२०८१ बैशाख २१ , शुक्रवार

लगातार बढ्नेक्रममा नेप्से, वाणिज्य बैंक र लघुवित्तमा लगानीकर्ताको आकर्षण

सुनाखरी न्युज/ काठमाडौं ।

वाणिज्य बैंक र  लघुवित्तको सेयरमा लगानीकर्ताको उच्च आकर्षण देखिंदा सेयर बजार परिसूचक नेप्सेमा उच्च अंकको वृद्धि भएको छ । साताको तेस्रो दिन मंगलबार बजार परिसूचक नेप्से ५६.९४ अंक ९२.६७ प्रतिशत० ले वृद्धि भएर २१८६.  ३६ को विन्दुमा बन्द भएको छ ।

सोमबार बैंकिङ र लघुवित्त उपसूचकमा भएको उच्च वृद्धिले उचालिएको नेप्से करिब ७ महिना यताकै उच्च विन्दुमा पुगेको हो । २६ पुस २०७९ मा २१९०.४२ को विन्दुमा बन्द भएको नेप्से घटेर १८०७ सम्म झरी पुन सोही विन्दुमा पुग्न करिब ७ महिना लागेको हो ।

 

३ असारसम्म लगातार १० कारोबार दिन बढेको नेप्से त्यसपछि ३ कारोबार दिन नेप्सेमा गिरावट भएको थियो । तर, गत बिहीबारदेखि नै बढ्नु सुरु भएको नेप्से पछिल्लो ४ दिन लगातार बढ्दा १३५ अंक भन्दा माथिले वृद्धि भइसकेको छ ।

बैंकिङ र लघुवित्तले उचालियो नेप्से

मंगलबार लघुवित्त उपसूचकमा उच्च वृद्धि हुँदा नेप्सेमा पनि साढे २ प्रतिशत भन्दा माथिले वृद्धि भएको हो । बजारलाई लिड गर्ने बैंकिङ उपसूचक ९.९३ प्रतिशतले वृद्धि हुँदा वित्त कम्पनी उपसूचक पनि ४.४४ प्रतिश्तले बढेका छन् । नेप्सेमा उच्च वृद्धि हुँदै गर्दा पनि व्यापार, उत्पादनमूलक र निर्जीवन बीमा कम्पनी उपसूचकमा भने गिरावट भएको छ ।

नेप्सेसँगै पछिल्ला दिनमा कारोबार रकम पनि निरन्तर उच्च देखिएको छ । मंगलबारसम्म लगातार तेस्रो दिन पनि नेप्समो ५ अर्ब भन्दा माथिको सेयर कारोबार भएको छ । मंगलबार ८० हजार ३९८ वटा कारोबारमा १ करोड ३१ लाख ७ हजार ८० कित्ता सुचिकृत धितोपत्र किनबेच हुँदा ५ अर्ब ४७ करोड ६३ लाखको कारोबार भएको छ । जसमध्ये स्वालम्बन लघुवित्तको सर्वाधिक २५ करोड १२ लाखको कारोबार हुँदा शिवम् सिमेन्टको २२ करोड ६३ लाख र सोल्टी होटलको २२ करोड ४२ लाखको कारोबार भएको छ ।

मंगलबार नेप्सेमा कुल २२५ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा १८७ कम्पनीको सेयरमूल्यमा वृद्धि भएको छ । यस्तै ३४ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ४ कम्पनीका सेयरमूल्य स्थिर छ ।