२०८१ बैशाख २१ , शुक्रवार

शेयर बजारमा उछाल

सुनाखरी न्युज / काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको तेस्रो दिन आज मंगलबार उछाल आएको छ । सोमबार दोहोरो अंकले बढेको नेप्से आज उच्च अंकले बढेर बन्द भएको हो ।

 

आज नेप्से ५६.९४ अंकले बढेर दुई हजार एक सय ८६ दशमलब ३१ विन्दुमा बन्द भएको छ । आज ५ अर्ब ४७ करोड ६२ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका १८७ कम्पनीको शेयरमूल्य बढेको छ भने ३४ कम्पनीकोे शेयरमूल्य घटेको छ । चार वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज २५ वटा कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने १८ वटा कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ । यसका साथै आज सात वटा कम्पनीको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले बढेको छ ।

 

आज सबैभन्दा बढी सिक्लेस हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ३ प्रतिशतभन्दा बढीले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी स्वावलम्बन लघुवित्त वित्रीय संस्थाको भएको छ । यस कम्पनीको आज २५ करोड १२ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।