२०८१ बैशाख २५ , मंगलबार

अभिनेता शाहरूख खानकी छोरी बलिउडमा डेब्यू गर्दै

सुनाखरी न्युज / काठमाडौं । बलिउड अभिनेता शाहरूख खानकी छोरी सुहाना खान फिल्म ‘द आर्चिज’ बाट बलिउडमा डेब्यू गर्दैछिन्। जोया अख्तरले निर्देशन गरेको फिल्म ओटिटी माध्यममा प्रदर्शन हुनेछ। यसैबीच सुहानाले शाहरूख खानसँग फिल्म खेल्न लागेको खबर बाहिरिएको छ।

 

भारतीय सञ्चारमाध्यम पिंकभिलाका अनुसार फिल्ममा ‘पठान’ का निर्देशक सिद्धार्थ आनन्द र शाहरूख खानको संयुक्त लगानी रहनेछ। रेड चिलिज इन्टरटेनमेन्ट र मारफ्लिक्स पिक्चर्स ब्यानरमा बन्ने फिल्मको नाम खुलाइएको छैन। फिल्ममा शाहरूख खानको भूमिका ‘डियर जिन्दगी’ को जस्तै हुनसक्ने बताइएको छ। फिल्म यसैवर्ष छायांकनमा जाने तयारीमा छ।

 

जोया अख्तरले निर्देशन गरेको फिल्म ‘द आर्चिज’ नेटफ्लिक्समा प्रदर्शन हुनेछ। यस फिल्मबाट सुहानासँगै अमिताभ बच्चनको नाती अगस्त्य नन्दा, श्रीदेवीकी छोरी खुसी कपूर पनि डेब्यु गर्दैछन्। फिल्ममा डट, मिहिर अहुजा, वेदाङ रैना र युवराज मेन्डाको पनि अभिनय छ।