२०८१ बैशाख २५ , मंगलबार

निश्चलको फिल्म ‘दिमाग खराब’को छायांकन सकियो

 

सुनाखरी न्युज  / काठमाडौं –  निश्चल बस्नेत निर्देशित फिल्म दिमाग खराब को छायांकन सकिएको छ । लामो समयपछि निर्देशनमा फर्किएका निर्देशक निश्चल बस्नेतले ३६ दिनमा फिल्मको छायांकन पुरा गरेका हुन । सेड्युल ९४० दिन भन्दा ४ दिन अगावै ‘प्याकअप’ भएको फिल्मको काभ्रेको पाँचखाल क्षेत्र र काठमाडौंको विभिन्न स्थानमा छायांकन गरिएको हो ।

 

३६ दिनमा फिल्मको छायांकन सकिएको निर्देशक बस्नेतले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।  फिल्मलाई सुसन प्रजापतिले छायांकन गरेका हुन्। फिल्ममा स्वस्तिमा खड्का, खगेन्द्र लामिछाने, दयाहाङ राई, अर्पण थापा, विजय बराल लगायतको मुख्य भूमिका छ ।

 

स्वस्तिमाले पहिलो पटक श्रीमान् निश्चलको निर्देशनमा फिल्ममा काम गरेकी हुन् । आधा दर्जनभन्दा बढी म्युजिक भिडियोसँगै फिल्म ‘घामड शेरे’मा उनीहरूले एकसाथ अभिनय गरेका थिए । ब्ल्याक हर्स पिक्चर्स र सिनेमा आट्र्सको ब्यानरमा निर्माण भएको फिल्मलाई सुशन प्रजापतिले छायांकन गरेका हुन् । यस फिल्मको निर्मातामा रौनक विक्रम कँडेल रहेका छन् ।