२०८१ बैशाख २५ , मंगलबार

मिस नेपाल श्रृंखला सिरोहियाको पारिवारिक समारोहमा, ढोगीन हुनेवाला दुलहीले

सुनाखरी न्युज / काठमाडौं । मिस नेपाल २०१८ श्रृंखला खतिवडा पछिल्लो समय प्रेमका कारण चर्चा रहँदै आएकी छन् । उनको प्रेम र ब्रेकअपले मिडिया समेत राम्रो स्थान पाउने गरेको छ ।

केही अगाडि श्रृखलाको नाम सञ्चार उद्यमी सम्भव सिरोहियासँग जोडिएको थियो । सिसन बानियासँग ब्रेकअपपछि उनी सिरोहियासँगको प्रेममा रहेको हल्ला चलेको थियो । केही समयपछि प्रेमको हल्लालाई पुष्टि हुने गरी सरोहियाको इन्स्टाग्राममा तस्बिर समेत आए । सिरोहियासँगको प्रेममा रहेको चर्चा चलिरहेको समय उनी पारिवारिक समारोहको हिस्सा समेत बन्न थालेकी छिन् ।

 

सम्भवका भाइको इन्गेजमेन्ट श्रृङखला परिवार सदस्य सहित सहभागी थिइन् । पारिवारिक तस्बिरमा सम्भवको साथ ठाँटिएर उभिएको र हुनेवाला दुलहीले उनलाई ढोग्दै गरेको तस्बिर समेत अहिले बाहिर आएको छ । त्यसो त भ्लगर सिसन बानियाँको घरसम्म पनि उनी पुगेकै हुन् । चाडपर्वको हिस्सा पनि बनेकै हुन् । तर प्रेम अन्तत: ब्रेकअपमा पुग्यो ।