२०८१ बैशाख २९ , शनिवार

सामूहिक कृषि प्रवद्र्धनका लागि ज्योति विकास बैंकद्वारा धान रोप्ने मेसिन प्रदान

सुनाखरी न्युज / काठमाडौं । ज्योतिविकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको “हाम्रो विकास प्रवद्र्धन कोष”मार्फत तिलोत्तमा(१०, शान्तिनगर, रुपन्देही स्थित उद्यमशील टोल विकास संस्थालाई एक थानधान रोप्ने मेसिनप्रदान गरेको छ। कृषिउत्पादकत्वमाअभिवृद्धि, सामूहिक कृषि प्रवद्र्धन र कृषकहरुलाई धान रोप्नमा सहजताप्रदान गर्ने हेतुले अत्याधुनिक स्वचालितधान रोप्ने मेसिनखरिदकालागि बैंकले आर्थिक सहयोग गरेको हो ।

एक कार्यक्रमकाबीच ज्योतिविकास बैंककातर्फबाट बैंकका बुटवल क्लस्टर कार्यालय प्रमुखश्री कपिल न्यौपाने र बैंकका मणिग्राम शाखाका शाखा प्रबन्धक खगेन्द्र थापाद्वारा संयुक्त रुपमा उद्यमशील टोल विकास संस्थाका अध्यक्ष घन सिहपुनलाई उक्तधान रोप्ने मेसिन औपचारिक रुपमा हस्तान्तरण गर्नुभएको हो। उक्त कार्यक्रममा लुम्बिनी प्रदेश, कृषि तथा भूमिव्यवस्था मन्त्री भण्डारीलाल अहिर, विभिन्न स्थानीय निकायका पदाधिकारीहरु लगायत स्थानीय कृषकहरुको उपस्थिति रहेको थियो । उक्तधान रोप्ने मेसिन प्रयोगमा आए संगै सो विकास समितिमा आवद्ध करिबन १०० भन्दा बढी कृषक परिवारहरु प्रत्यक्षरुपमा लाभान्वित हुनेछन् ।

 

साथै, उक्त मेसिनको प्रयोगबाट कृषकहरुलाई धान खेतीमाप्रविधिको उच्चतमप्रयोग गरी कमलागतमाउत्पादकत्व बढाई क्रस फार्मिङ प्रविधिहरू अभ्यास गर्न मद्दत मिल्नेछ । बैंकको यो सहयोगले कृषिमानिर्भर समुदायको सशक्तिकरण र दिगो तथाआधुनिक कृषि खेतीप्रविधिको प्रवद्र्धन हुने विश्वास बैंकले लिएको छ । आफ्नो खुद मुनाफाबाट नेपालमाहाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिकउत्तरदायित्वअन्र्तगत समाजिककार्यमा गर्ने योगदानभन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रतिउत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तमहित सदा उच्चप्राथमिकतामा राखेको छ ।

 

प्रचलित कानुनको पूर्णरुपमा परिपालना गरी ग्राहकवर्ग, कर्मचारी, नियामक निकाय, शेयरधनी र समग्र सरोकारवालाको हकहितमा योगदान पु¥याउन ज्योति विकास बैंक सदैव प्रतिवद्ध रहेको छ । ज्योतिविकास बैंकले हाल १२१ शाखाकार्यालय, ३ विस्तारित काउन्टर तथा७५ वटा एटिएम मार्फत सेवा उपलब्ध गराउदै आइरहेको छ ।