२०८१ जेठ ६ , आइतवार

लगातार  बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

Gold

सुनाखरी न्युज / काठमाडौं ।नेपाली बजारमा मंगलबार पनि सुनको भाउ उकालो लागेको छ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १० हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १० हजार ५० रुपैयाँ कायम भएको छ।

 

हिजो सोमबार पनि सुनको भाउ तोलामा २०० रुपैयाँले नै बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख १० हजार ४०० रुपैयाँ तेजाबी गोल्ड १ लाख ९ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर १ हजार ३७५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार ३६५ रुपैयाँमा कारोबार भएको थियो।