
किरण गिरी । हरेक मानव परमात्मा इश्वर को अंश हो । उ भित्र ब्रम्ह , परम ब्रम्ह र पुर्ण ब्रम्ह हुन्छ । तत्व ज्ञान दर्शन द्वारा त्यसलाई अनुभुती गर्न सक्नु पर्दछ । ॐ तत सत ।
बाबा जयगुरूदेवजीको भविष्यवाणी अनुसार जुन सन्त सन् १९७१ सेप्टेम्बर ०७ तारिखका दिन पूरा २० वर्षको भइसकेका थिए उनलाई मानव इतिहासको सबैभन्दा महत्त्वपूर्ण व्यक्ति मानिनेछ, जसले अध्यात्मलाई नयाँ बाटो देखाउँदै विश्वलाई सत्य अध्यात्म ज्ञान प्रदान गर्नेछन ।
प्रसिद्ध भविष्यवक्ता नास्ट्रेदमसले पाँच शतकमा भनेका छन् की ती महापुरुष न त ईसाई हुनेछन्, न मुसलमान। ती सन्त हिन्दू हुनेछन् जसको सत्य शास्त्र अनुकूल ज्ञान सुनेर सारा विश्व अचम्भीत हुनेछ र उनले बताएको भक्ति विधिले मानिसहरूलाई आध्यात्मिक र भौतिक लाभ प्राप्त हुनेछ भन्ने बिश्वास कबिर अनुयायी हरु को छ ।
नास्ट्रेदमसले शतक पाँचको अन्त्यमा भनेका छन् कि १५५५ देखि ४५० वर्ष पछि अर्थात २००६ मा एक महापुरुष सबैका सामु चर्चामा आउनेछन् जसको उमेर लगभग ५०-६० वर्षको बीचमा रहनेछ । ती सन्त अरु कोही होइनन् सन्त रामपालजी महाराज नै हुन् भन्ने बिश्वास कबिर पन्थी हरु गर्दछ्न । नास्ट्रेदमसले आफ्ना भविष्यवाणीहरूमा कैयौँ पटक उल्लेख गरेका छन् कि एकाइसौँ शताब्दीमा भारतवर्षमा एक महापुरुष प्रकाशमा आउनेछन् जसले पूरा विश्वलाई सत्य अध्यात्मको बाटो देखाउनेछन्। जान्नुहोस् त्यस महापुरुषको विषयमा जसको अवतरण भइसकेको बिश्वास कबिर पन्थी हरु को छ ।
विश्वमा आज सम्म कसैलाई पनि प्राप्त नभएको समर्थन ती सन्तलाई प्राप्त हुनेछ जसले गुप्त ज्ञानको उजागर गर्नेछन् र सम्पूर्ण नक्कलि धर्मगुरुहरुको पर्दाफाश गर्नेछन्। जगतगुरुको रुपमा सन्त रामपालजी विश्वमा विख्यात हुनेछन् भन्ने दाबी उनीहरु गर्दछन ।
– भविष्यवक्ता नास्त्रेदमस
एक सन्तद्वारा निर्मित रामराज्यमा कसैमाथि पनि अन्याय अत्याचार हुनेछैन, कसैलाई भेदभाव हुनेछैन। सम्पूर्ण असमानतालाई हटाएर ती सन्तले विश्वमा सत्ययुग ल्याउनेछन्। को हुन् त ती सन्त जसको बिषयमा भविष्यवक्ताहरु बताईरहेकाछन । अज्ञानताको गहिरो निन्द्रामा सुतेको समाजलाई तत्त्वज्ञानको प्रकाशले जगाएर वास्तविक सत्यज्ञान सम्झाएर यस क्रूरभुमिबाट उद्धार गराएर अविनाशी स्थायी स्थान प्राप्त गराउने सन्तको विषयमा नास्त्रेदमसले बताएका थिए जुन सन्त आज यस धर्तीमा विद्यमान हुनुहुन्छ पहिचान गरेर आफ्नो र अरुको कल्याण गरौं र गराऔँ । ॐ तत सत ।
वेदमा लेखिएको छ कि पूर्ण परमात्मा आफ्नो लोकबाट गति गरेर आफ्नो रूपलाई सरल पार्दै यस लोकमा आएर पुण्यात्माहरुलाई भेटेर तत्त्वज्ञान सम्झाउनुहुन्छ। विभिन्न सन्तहरुले आफ्नो वाणीमा परमात्मा भेटेको कुरा उल्लेख गरेका छन । परमात्मा साकार हुनुहुन्छ, राष्ट्र प्रमुख समान दर्शनीय हुनुहुन्छ तथा यस लोकमा शिशु रूप धारण गरेर वा सन्त रुपमा प्रकट भएर आफ्नो लीला गर्नुहुन्छ। आज सन्त रामपालको रूपमा कबीर भगवानले लीला गरिरहनु भएको छ । परमात्मा आज पुनः सन्त रुपमा यस धरतीमा अवतरित हुनुहुन्छ भनेर कबिर पन्थी हरु दाबी गर्दछन ।
हुन त हरेक मानव मा परमात्माको अंस हुन्छ । ब्रम्ह , परम ब्रम्ह र पुर्ण ब्रम्ह हुन्छ । इस्वर आफै भित्र हुन्छ । मात्र अनुभुती गर्न सक्नु पर्दछ । ॐ तत सत ।
ऋग्वेद मंडल नम्बर ९ सुक्त ९६ मन्त्र २० मा लेखिएको छ कि जसरी मनुष्यले सुन्दर वस्त्र धारण गर्दछन् त्यसरी नै परमात्माले सुन्दर शरीर धारण गरेर अत्यन्त गतिका साथ आएर भक्तिका धनीहरुलाई भेट्नुहुन्छ। यसबाट पनि प्रष्ट हुन्छ कि परमात्मा साकार हुनुहुन्छ र सद्भक्ति गर्नेहरुलाई भेट्नुहुन्छ भन्ने बिश्वास कबिर पन्थी हरुको रहेको छ । ॐ तत सत ।
लेखक – नेपाली कांग्रेसका केन्द्रीय नेता एबं ” ॐ तत सत ” तत्व दर्शनका अनुयायी हुन ।