२०८१ बैशाख २५ , मंगलबार

‘सारंगी’ गीतमा प्रेमिका आनासँग देखिए सुशान्त

सुनाखरी न्युज /  काठमाडौं– गायक सुशान्त केसीको नयाँ गीत ‘सारंगी’ युट्युबमा ट्रेन्डिङको पहिलो नम्बरमा पुगेको छ । उनकै रचना, संगीत र स्वर रहेको यस गीतको भिडियोमा उनी अभिनेत्री अन्ना शर्मासँग प्रस्तुत छन । केही समयदेखि रिलेसनसिपमा रहेको यो जोडीको ‘केमेष्ट्रि’लाई पनि दर्शकले रुचाएका छन् । उनीहरू भिडियोमा रोमान्टिक देखिएका छन् । गीतलाई २ दिनमा १२ लाख ९५ हजार ६ सय १९ पटक हेरिसकिएको छ।

 

गीतमा शब्द, संगीत तथा आवाज सुशान्तकै रहेको छ।यो गीत सार्वजनिक भएको २ दिन पनि भएको छैन । यो अवधिमा सोमवार दिउँसोसम्म गीतको भिडियोलाई युट्युबमा १३ लाख ३० हजार बढी पटक हेरिएको छ ।

 

भिडियो छोटो समयमै युट्युबमा संगीततर्फ ट्रेन्डिङको पहिलो नम्बरमा पुगेको छ ।गीतको भिडियोलाई गौरव कुमार तामाङले निर्देशन गरेका छन्। गीतमा सुशान्त र अन्ना शर्मा फिचर्ड छन्।