२०८१ बैशाख २१ , शुक्रवार

नेप्सेको उकालो यात्रा कायमै, वुलिस टे«ण्डमा जान थालेको हो त नेप्से ?

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको दोस्रो दिन आज सोमबार दोहोरो अंकले बढेर बन्द छ । आज नेप्से ११.६९ अंकले बढेर दुई हजार एक सय २९ दशमलब ४२ विन्दुमा बन्द भएको छ ।

आइतबार नेप्से ६२.२१ अंकले बढेर दुई हजार एक सय १७ दशमलब ७३ विन्दुमा बन्द भएको छ । आइतबारको तुलनामा कारोबार रकम भने घटेको छ । आइतबार ६ अर्ब ४९ करोड ४ लाख बराबरको कारोबार भएकोमा आज ५ अर्ब ३१ करोड २४ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका १२३ कम्पनीको शेयरमूल्य बढेको छ भने ९८ कम्पनीको शेयरमूल्य घटेको छ । चार वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

 

आज आठ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । एक कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने सात वटा कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ । आज सबैभन्दा बढी सुपर मादी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ६ प्रतिशत भन्दा बढीले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको आज ४२ करोड ५ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।