२०८१ बैशाख २५ , मंगलबार

ढाक्रे जीवनशैलीमा बनेको ‘ए ढाक्रे दाई’ साउन ५ मा प्रदर्शन हुने

सुनाखरी न्युज  / काठमाडौं –  फिल्म ‘ए ढाक्रे दाई’ आगामी साउन ५ गतेबाट प्रदर्शनमा आउने भएको छ । शुक्रबार पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो ।

 

करिब ६० वर्षअघिको ढाक्रे जीवनशैलीलाई पर्दामा उतारिएको फिल्म साउन ५ गतेबाट प्रदर्शनमा आउने भएको निर्देशक निरंजन कसजू माइलाले जानकारी दिए ।

 

‘जतिबेला यातायातको सुविधा थिएन, त्यसबेला पहाडबाट महिनौं हिँडेर ढाक्रेहरु बटौली बजार  २०१६ सालमा बुटवल–खस्यौली नगरपालिका नाम राखियो० आउथे र जडीबुटी, घिउ, भटमासहरु आदि त्यहाँ बेचेर नुन, तेल, लत्ता कपडा जस्ता अत्यावश्यक सामाग्रीहरु किनेर लान्थे,’ निर्देशक कसजू भन्छन्, ‘हाम्रा अग्रजहरुले खेपेको सोही जीवन भोगाइलाई फिल्ममा प्रस्तुत गरेको छु ।’उनले तत्कालिन ऐतिहासिक ग्रामीण जीवनलाई अहिलेको पुस्ताले पर्दामा भए पनि हेरुन भनेर फिल्म निर्माण गरेको बताए ।