२०८३ श्रावण २० , बुधवार

चट्याङबाट मृत्यु हुनेको परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन सांसद दीपक गिरीको माग

सुनाखरी न्युज  / काठमाडौं –  सांसद दीपक गिरीले चट्याङबाट मृत्यु भएका परिवारलाई १० लाख क्षतिपूर्ति दिन सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै प्रतिनिधिसभा सदस्य गिरीले चट्याङबाट मृत्यु हुनेको परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।

 

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै प्रतिनिधिसभा सदस्य गिरीले चट्याङबाट मृत्यु हुनेको परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । हाल जिल्ला प्रशासन कार्यालयमार्फत दुई लाख रुपैयाँ दिने गरिएको भन्दै सो रकम नाम मात्रैको भएको उनले बताए ।

 

आफ्नो गृहजिल्ला दाङमा केही दिनअघि चट्याङबाट ३६ वर्षीय रामनारायण चौधरी र २६ वर्षीय समीर केसीको मृत्यु भएको भन्दै उनीहरुको परिवारलाई तुरुन्त राहत रकम उपलब्ध गराउन माग गरे ।