२०८१ जेठ ६ , आइतवार

महोत्तरिका दुई पसलमा चोरी, महासंघद्धारा सुरक्षाको प्रत्याभूति दिलाउन आग्रह (विज्ञप्ति सहित)

सुनाखरी न्युज/ काठमाडौं ।
महोत्तरिका दुई सुनचाँदी पसल फुटाएर गरगहना तथा सेफ लकर चोरी भएको छ । देशमा आर्थिक मन्दी बढेसंगै लुटपाटका घटना बढ्ने क्रममा  यही असार १० गते आईतवार बिहान करिव २ बजे नेपाल सुनचाँदी व्यवसायी संघ, महोत्तरीमा न्यू साई ज्वेलर्सका संचालक कृष्णा देवी र श्रीहरी ज्वेलर्सका संचालक एवं नेपाल सुनचाँदी व्यवसायी संघ महोत्तरीका  सहसचिव चन्दन कुमार साहको पसलको ताला तोडी त्यहाँ रहेको सुनचाँदीका गरगहना चोरी भएको हो ।
आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल सुनचाँदी ब्यवसायी महासंघले त्यसप्रति ध्यानाकर्षण भएको जनाएको छ । महासंघका प्रवक्ता मनोज कुमार साह द्धारा जारी विज्ञप्तिमा सो पसलबाट सेफ (लकर) र गरगहना सहित ठूलो धनमाल चोरी भएको जनाइएको छ । गरगहना चोरी गरी फरार रहेका ब्यक्तिको खोजीगरी कारवाही गर्न महासंघ जोडदार माग गर्दै पुनः यस किसिमका घटना हुन नदिन गृह प्रशासनसँग माग समेत गरिएको छ । सो समूहको तत्काल पहिचान गरी आवश्यक कारवाहीको लागि समेत महासंघले जोडदार माग गरेको छ ।
विज्ञप्ति जस्ताको तस्तै: