२०८१ बैशाख २१ , शुक्रवार

शेयर बजारमा उछाल, कारोबार रकम पनि बढ्यो

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पहिलो दिन आज आइतबार उच्च अंकले बढेर बन्द छ । आज नेप्से ६२.२१ अंकले बढेर दुई हजार एक सय १७ दशमलब ७३ विन्दुमा बन्द भएको छ ।

लामो समयपछि कारोबार रकममा पनि उछाल आएको छ । आज ६ अर्ब ४९ करोड ४ लाख १२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका १८९ कम्पनीको शेयरमूल्य बढेको छ भने ३२ कम्पनीकोे शेयरमूल्य घटेको छ । चार वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

आज १२ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । चार कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने ८ वटा कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

आज सबैभन्दा बढी शुभम् पावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ६ प्रतिशत भन्दा बढीले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको आज ४९ करोड ९० लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।