२०८१ बैशाख २१ , शुक्रवार

जोरपाटी, काठमाण्डौमा सानो बजारको उद्घाटन

सुनाखरी न्युज/ काठमाडौं । स्थानीय ग्राहकहरूको दैनिक आवश्यकिय सामग्री तथा वस्तुहरु एकै ठाउँमा उपलब्ध गराउने उदेश्यले साना–साना बिक्रेताहरुलाई एकीकृत गरी सानो बजारको निर्माण भएको हो ।

यसलाई टेवा पु¥याउनका साथै कारोबारलाई थप व्यवस्थित गर्न कुमारी बैंक लिमिटेडले काठमाण्डौ जोरपाटी स्थित यस सानो बजारका व्यवसायीहरूको लागि QR सुविधा ल्याएको छ । आफ्नो मोबाइल फोनबाटै सहज रूपले भुक्तानी गर्न सकिने यस QRसुविधा सानो बजारको लागि सहज कारोबारको विकल्प बन्ने कुरामा बैंक विश्वस्त छ । यसै QR सुविधालाई टेवा पु¥याउन र डिजिटल प्रबिधिको प्रयोगलाई प्रोत्साहन गर्नका लागि कुमारी बैंकले सानो बजारमा निःशुल्क वाई फाई (Free Wi-Fi) सुविधा पनि उपलब्ध गराएको छ । साथै कुमारी बैंक लिमिटेडले यी बिक्रेताहरुको सुरक्षाको लागि सानो बजारमा CC-Camera को पनि व्यवस्था गरेको छ ।

 

सानो बजारको यस उद्घाटन समारोहमा मुख्य अतिथिका रुपमा प्रतिनिधि सभाका सदस्य माननीय सन्तोष चालिसे ज्यू, प्रतिनिधि सभाका सदस्य माननीय शान्ति श्रेष्ठ ज्यू, तथा गोकर्नेश्वर नगरपालिकाका नगर प्रमुख दिपक कुमार रिसाल ज्यू, उप(प्रमुख श्री सान्नानी लामा ज्यू, वडा नं ५ का वडा प्रमुख श्री नारायण बहादुर सुवेदी , वडा नं ६ का वडा प्रमुख नवराज लामा, पूर्व संघीय सांसद कृष्ण राई , तथा कुमारी बैंक लिमिटेडको तर्फ बाट प्रमुख कार्यकारी अधिकृत रमेश अर्याल लगायत स्थानिय व्यवसायी तथा अन्य अतिथिहरुको उपस्थिति रहेको थियो ।

विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा, ४८ एक्सटेन्सन काउन्टर, २९६ ए.टि.एम तथा ६३ शाखा रहित बैंकिङ्ग ईकाई सहितका सञ्जालहरु मार्फत आ आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।