२०८३ श्रावण २० , बुधवार

प्राबिधिक रुपमा सफल र व्यावसायिक रुपम असफल हुदै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

Kiran Giri 450300

किरण गिरी ।

प्राबिधिक रूपमा सफल पोखरा विमान स्थल :-
पोखरा विमानस्थल बनाउन सरकारले चीनको एक्जिम बैंकसँग बि.स. २०७२ मा सम्झौता गरेर १ अर्ब ३७ करोड ८७ लाख चिनियाँ युआन ऋण लिएको हो। यस बिमान स्थलमा असार -६ गते चिनको ल्हासा बाट पहिलो पटक एक प्रायोजित चिनीया बिमान पोखरा विमान स्थलमा अवतरण भएको थियो । जुन उडानमा चीनिया भ्रमणमा रहेका राष्ट्रिय सभा का अध्यक्ष गणेश तिमिल्सिना स्वदेश फर्केका थिए । यस अवतरणले यो बिमान स्थल प्राविधिक दृष्टिकोणले ठिक रहेको देखाउने छ। डिजायन तथा निर्माणकर्ताको योग्यतामा खासै प्रश्न पनि छैन ।

 

व्यावसायिक रुपमा लगभग असफल :-
प्रश्न छ, के व्यवसायिक रूपमा यो बिमान स्थल सफल होला त ? यसको माँग र निर्माण पूर्ण कुनै संभाव्य व्यवसायिक योजना बनेको देखिन्न्। आज पर्यन्त कुनै अन्तर्राष्ट्रिय बिमान सेवा यहाँ संचालन हुने कुनै प्रत्याभुति छैन। हुदाँ हुदाँ अब यस बिमान स्थलको संभाव्य व्यवसायिक असफलताका लागि भारतलाई दोष देखाउने कुरापनि उठन थालेको छ। जग जाहेर छ-चिनीया बिआरआई प्रोजेक्ट अन्तर्गत बनेको यस बिमानस्थलको सुसंचालनमा भारत कहिल्यै पनि सहयोगी रहने छैन। हुन सक्छ, यस बिमान स्थलको ऋण नेपालको आर्थिक तवाहीको लागि एक मुख्य कारक बन्ने छ। तेसो भए जानाजान गरिएको ठूलो आर्थिक नोक्सानीको कुनै पहिचान छैन त? के कोई कुनै दायित्वको कानुनी भार बोक्नु पर्दैन त ?

 

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले २०७२ सालमा चीन सरकार र त्यहाँको एक्जिम बैंकको १ अर्ब ३७ करोड ८७ लाख ४० हजार चिनियाँ युआन ऋण नेपाल सरकारमार्फत लिएको थियो। जसमा एक्जिम बैंकबाट ३५ करोड ५९ लाख ३० हजार युआन निर्ब्याजी र १ अर्ब २ करोड २८ लाख १० हजार युआन ब्याज तिर्ने सर्तमा गरी कूल १ अर्ब ३७ करोड चिनियाँ युआन ऋण सम्झौता गर्दै नेपाल सरकारले प्राधिकरणलाई ५ प्रतिशत ब्याजदरमा (सहायक ऋण) उपलब्ध गराएको थियो। अहिले नयाँ सवाल उठेको छ। यस ऋणको सम्झौता हुदांको बखत चीनले बिआरआई प्रोजेक्ट ल्याएको थिएन। पछि निर्माण सम्पन्न भएको तथा उदघाटनको बखत यो परियोजना बिआरआई अन्तर्गत बनेको भन्यो। नेपालका अधिकारीहरूले न यसको खण्डण गर्यो, न आज फेरी चिनीया राजदुतावासले औपचारिक रूपमा तथा राजदुतले भाषणमा सोही कुरा दोहोर्याएका छन्। यहाँ फेरी सवाल उठछ, यदि यो बिमान स्थलमा चिनीया लगानी बिआरआई प्रोजेक्ट अनुसार नै भएको हो भने नेपालले बोकेको ऋण भार पूर्व अनुसार नै रहने हो कि थपघट हुने हो? नेपाल सरकारले यसलाई समयमा नै स्पष्ट गर्नु जरुरी छ ।

 

गम्भीर त्रुटि बिच पोखरा विमान स्थल निर्माण :-
काँग्रेसलाई अवन्नतिको सुरूंगमा हुल्ने “लाउडा एयर” प्रकरणमा घिस्याईको मात्र २ आधार थियो । १. बढी मूल्यमा र, २. नाफाको प्रक्षेपण तथा व्यवसायिक योजना बेगर बिमान लिजमा लिनु । यो परियोजना निर्माण गर्न बिना प्रतिस्पर्धा ‘इन्जिनियरिङ, प्रोक्योरमेन्ट कन्ट्र्याक्ट’ (इपिसी) मोडेलमा सिधै चीनको सिएएमसी इन्जिनियरिङ कम्पनीलाई जिम्मा दिइएको थियो। निर्माण भै सकेको छ। यसर्थ, लागत बढी भयो वा कम भयो-यस बारे सिर्फ चर्चा गर्न सकिन्छ। तर, व्यवसायिक योजना बेगर यत्रो ठुलो ऋण लिनु, मुलुकलाई ऋणको भारमा डुबाउनु गम्भीर आर्थिक अपराध थियो र हो। यो गंभीर छानबिनको बिषय पनि हो। अख्तियारको दुरूपयोग हो। यही आधारमा लाउडा एयर प्रकरणमा मुद्दा चलेको हो। लाउडा प्रकरणमा लेखा समिति,अख्तियार र अदालत सबै लाग्यो। अहिलेको पोखरा र भैरहवाको बिमान स्थलको हबिगतमा उही कुरा लागु हुनु पर्ने होइन र ?

 

नेपालमा जल विद्युतको बिकास , पर्यटनको बिकास र रोजगारी मुलक उध्योग कलकारखाना हरु को बिकास बाट नै नेपाल को समृद्धि हुन्छ । छिमेकी मित्र राष्ट्र भारत र चिन को स्वार्थ र सम्बेदनशिलता लाई बुझेर भु – राजनीति को सम्बेदनशिलता समेत लाई संबोधन गरेर नेपाल ले आफ्नो बिकास र समुन्नति लाई अगाडि बढाउनु जरुरी छ । ” समुन्नत नेपाल , सम्मानित नेपाली ” हाम्रो चाहना पुरा गर्न हामी सबै दृढ र प्रतिबद्ध हुनु जरुरी छ ।

लेखक – नेपाली कांग्रेसका निबर्तमान केन्द्रीय सदस्य एबं महासमिति सदस्य हुन ।