सुनाखरी न्युज/ काठमाडौं । मोरङको सुन्दरहरैँचा नगरपालिका–५ बाँसबारीस्थित नालीभित्र शुक्रबार बिहान १ जना फर्निचर व्यवसायीको शव फेला परेको छ । नालीको पानीभित्र सुन्दरहरैँचा–५ का ४५ वर्षीय शिवनाथ आचार्यको शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । उनका अनुसार नालीभित्र आचार्य मृत फेला परेपछि स्थानीयले प्रहरीलाई बिहान ५:३० बजेतिर खबर गरेका थिए ।
आचार्य फर्निचर व्यवसायी हुन् । बाँसबारी चोकमा उनको पञ्चकन्या देवी काष्ठ फर्निचर उद्योग छ । आचार्य मृत फेला परेकै नालीभित्र उनको मोटरसाइकल पनि भेटिएको छ । पानीमा आधा भाग डुबिरहेको अवस्थामा प्र १–०२–०५० प ८०८४ नम्बरको मोटरसाइकल फेला परेको जानकारी डीएसपी दाहालले दिए । उनका अनुसार रातको समयमा बलिया चोकबाट घरतर्फ जाने क्रममा आचार्य दुर्घटनामा परेको हुनसक्ने प्रारम्भिक अनुमान छ ।
‘फर्निचर व्यवसायी आचार्यको शव नालीभित्र फेला परेको हो,’ उनले भने, ‘शव रहेको स्थाननजिकै नालीकै पानीमा आधा भाग डुबिरहेको अवस्थामा मोटरसाइकल पनि भेटिएको छ ।’ घटनाको प्रकृति हेर्दा आचार्य दुर्घटनामा परेजस्तो देखिने डीएसपी दाहालको भनाइ छ ।
‘