२०८१ बैशाख २२ , शनिवार

संसारको यस्तो जेल जहाँ मृत्युका लागि भिख माग्छन् कैदीहरू

 

सुनाखरी न्युज/ काठमाडौं – संसारको एक यस्तो जेलमा रहेकाहरूलाई यसरी तनाव दिइन्छकी जसको पछाडि उनीहरू मृत्युको भिख माग्न थाल्छन्। यो रूसी जेलको हो। जहाँ युक्रेनी नागरिकहरूलाई राखिन्छ।यो रूसी जेलको हो। जहाँ युक्रेनी नागरिकहरूलाई राखिन्छ।

 

जब रूस र युक्रने युद्ध सुरू भयो त्यति बेलादेखि पक्रिएका हजारौँ युक्रेनी नागरिकहरूलाई रूसको यो जेलमा राखिन्छ।अलेक्जेन्डर ताराकोभलाई मे २०२२ मा सो जेलमा कैद गरिएको थियो। अलेक्जेन्डरलाई मार्चमा गिरफ्तार गरिएको थियो। उनले बताएअनुसार कसरी यातनाका नाममा बिजुलीको झट्का दिइन्छ।

 

जेलबाट मानिसहरू भाग्न नपाउन भनेर हिसंक कुकुरहरू राखिएको उनले बताए।एक रूसी एजेन्टले उनको काँधमा बन्दुक राखे र गोली हान्न धम्की दिन थाले। यस जेललाई मध्ययुगको कालकोठरीको रूपमा वर्णन गर्दै ताराकोभले थप भने, ‘नयाँ कैदी आउनेबित्तिकै उसलाई राति जेलको कोठरीमा यसरी नै यातना दिइन्छ।’युद्ध सुरू भएदेखि नै युक्रेनले रुसमाथि युद्ध अपराध गरेको आरोप लगाउँदै आएको छ भने रुसले यी सबै आरोप अस्वीकार गर्दै आएको छ।