२०८१ जेठ ५ , शनिवार

हिन्दी फिल्म चल्न नदिने बालेनविरूद्धको मुद्दा न्यायाधीश धीरबहादुर चन्दको इजलासमा

Balen

सुनाखरी न्युज/ काठमाडौं । हिन्दी फिल्म चल्न नदिने काठमाडौं महानगरको निर्णयविरूद्धको मुद्दा न्यायाधीश धीरबहादुर चन्दको इजलासमा परेको छ।

 

बिहीबार पाटन उच्च अदालतमा न्यायाधीश चन्दको एकल इजलासमा मुद्दाको सुनुवाइ हुने भएको हो। हलवालाहरूको छाता संगठन चलचित्र संघले बुधबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए। संघका कानुनी सल्लाहकार तथा अधिवक्ता जयलाल भण्डारीका अनुसार मेयर बालेन शाह, नगर प्रहरी, गृह मन्त्रालय र सञ्चार, सुचना तथा प्रविधि मन्त्रालयलाई विपक्षी बनाएर निषेधाज्ञाको मुद्दा दायर गरिएको थियो।

 

काठमाडौं महानगरका मेयर बालेन शाहले ‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने भ्रमपूर्ण संवाद भारतबाट नहटेसम्म हिन्दी फिल्म चल्न नदिने बताउँदै सोमबारदेखि हिन्दी फिल्म प्रदर्शन रोक लगाएका थिए।