२०८१ बैशाख १६ , आइतवार

साझा यातायातको मोबाइल एप सञ्चालनमा, यस्तो छ चलाउने तरिका !

Sajha Bus

सुनाखरी न्युज/ काठमाडौं ।
साझा यातायातले ‘साझा प्लस’ एप औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । सो एपका माध्यमबाट काठमाडौं उपत्यकामा आफ्नो नजिकका साझा यातायातका बसहरू कहाँ र कुन अवस्थामा छन्, सबै जानकारी लिन सकिने कम्पनीले जनाएको छ ।

‘हाम्रो एपले नजिकका बस र रुटको रियल टाइम ९वास्तविक समय० को जानकारी उपलब्ध गराउनेछ,’ कम्पनीले विज्ञप्तिमा भनेको छ, ‘हाम्रो अन्तर्क्रियात्मक नक्साको फिचर प्रयोग गरेर आत्मविश्वासका साथ सहर ‘एक्स्प्लोर’ गर्न सक्नुहुनेछ ।’

यसबाट वास्तविक समयमा बस ट्रयाक समेत गर्न सकिने कम्पनीको भनाइ छ । सो एप प्रयोग गर्न एन्ड्रोइड प्रयोगकर्ताले यहाँ र आईओएस प्रयोगकर्ताले यहाँ क्लिक गरेर डाउनलोड गर्न सकिन्छ ।