२०८१ बैशाख २० , बिहिवार

हिंसा र चुम्बनका दृश्यमा आपत्ति जनाउँदै ‘परस्त्री’ लाई प्रदर्शन अनुमति दिन अस्वीकार

सुनाखरी न्युज/ काठमाडौं ।
चलचित्र सेन्सर बोर्डले फिल्म ‘परस्त्री’ लाई प्रदर्शन अनुमति दिन अस्वीकार गरेको छ। सेन्सर बोर्डले  हिंसा, चुम्बन र रगतका दृश्यमा आपत्ति जनाउँदै प्रदर्शन अनुमति दिन अस्वीकार गरेको फिल्मका निर्देशक सुरज पाण्डेले बताए।

ुउहाँहरूले हिंसा, चुम्बन र रगतका दृश्यप्रति आपत्ति जनाउनु भएको छ,ु उनले भने, ुहामी सेन्सर बोर्डसँग छलफल गर्ने तयारीमा छौं। फिल्मको मर्म मर्ने भएको हुँदा एडल्ट सर्टिफिकेट दिएर चलाउन दिन आग्रह गर्छौ। यदि दिनुभएन भने उक्त दृश्य हटाएर फिल्म प्रदर्शन हुन्छ।ु

यो फिल्म असार १५ गतेदेखि प्रदर्शन हुनेछ। सुरज पाण्डेको डेब्यू निर्देशकिय फिल्ममा शिल्पा मास्के, कोशिस क्षेत्री, गौरव विष्ट, अलिसा क्षेत्री, आशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारीलगायत कलाकारको अभिनय छ।

यो फिल्म काठमाडौं र मुस्ताङमा छायांकन गरिएको हो। फिल्ममा विवाहोत्तर सम्बन्धले निम्त्याउने समस्यालाई देखाइएको छ।

ल्अभिि

डिएस डिजिटलको ब्यानरमा निर्माण भएको फिल्ममा शर्मिला पाण्डे र दिपेन्द्र के खनालले निर्माणमा सहकार्य गरेका छन्। खनाल फिल्मका लेखकसमेत हुन्।

निरज कँडेलले छायांकन गरेको फिल्मलाई दीर्घ खड्काले सम्पादन गरेका छन्।