२०८१ बैशाख २१ , शुक्रवार

बैंकहरुमा अघिक तरलताको चापले ४ प्रतिशतभन्दा तल झर्‍यो अन्तरबैंक ब्याजदर

Bank

सुनाखरी न्युज / काठमाडौं ।

बैंकिङ प्रणालीमा कर्जाको माग नहुँदा बैंकहरु अधिक तरलताका अवस्थामा पुगेकोले बैंकहरुको अन्तर बैंक ब्याजदर घट्दै गएको छ । बैंकिङ प्रणालीमा निक्षेप निरन्तर बढ्दै जाँदा बैंकहरुको अन्तर बैंक ब्याजदर ४ प्रतिशत भन्दा तल झरेको हो ।

५ असारमा वाणिज्य बैंकहरुको औसत अन्तरबैंक ब्याजदर .९ प्रतिशत र बैंकिङ प्रणालीको औसत अन्तर बैंक ब्याजदर ४ प्रतिशत कायम भएको राष्ट्र बैंक आर्थिक अनुसन्धान विभाग प्रमुख डा. प्रकाशकुमार श्रेष्ठले बताए ।

 

नेपाल राष्ट्र बैंकको ३ असारको तथ्याङ्‍कअनुसार बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५५ खर्ब ७३ अर्ब पुग्दा कर्जा लगानी ४८ खर्ब ५५ अर्ब पुगेको छ । चालु आर्थिक वर्षमा कर्जाको तुलनामा निक्षेपको वृद्धि उच्च भएपछि बैंकिङ प्रणालीमा तरलता सहज भएर असारमा अधिक तरलताको अवस्था आएको हो । २०७९ असार मसान्तमा ५१ खर्ब ५९ अर्ब रहेको बैंकहरुको कुल निक्षेप ३ असार २०८० मा आउँदा ४ खर्ब १४ अर्बले वृद्धि भएर ५५ खर्ब ७३ अर्ब पुगेको हो ।

सोही अवधिमा कर्जा लगानी भने १ खर्ब ४१ अर्ब मात्रै वृद्धि भएको नेपाल राष्ट्र बैंकको तथ्याङ्‍कले देखाउँछ । २०७९ असार मसान्तमा ४७ खर्ब १४ अर्ब १४ करोड रहेको कुल कर्जा लगानी ३ असार २०८० मा ४८ खर्ब ५५ अर्ब पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । निक्षेपको तुलनामा कर्जा लगानी कम हुँदा बैंकिङ प्रणालीमा तरुलता सहज भएर अधिक तरलताको अवस्था आउने लागेको हो । ३ असारको तथ्याङ्‍कअनुसार बैंकिङ प्रणालीको औसत कर्जा निक्षेप अनुपात ९सीडी रेसियो० ८३।८८ प्रतिशतमा झरेको छ ।