२०८१ बैशाख २१ , शुक्रवार

तेस्रो दिन पनि घट्यो नेप्से, १७९ कम्पनीको सेयरमूल्यमा गिरावट

Share Down

सुनाखरी न्युज/ काठमाडौं ।

सेयर बजारमा लगातार तेस्रो दिन पनि गिरावट भएको छ ।  २३ जेठपछि ३ असार आइतबारसम्म लगातार १० कारोबार दिनमा १९१ अंकको वृद्धि भई २०९४.३३ को विन्दुमा पुगेको नेप्से सोमबारदेखि भने घट्न लागेको थयो । ३ दिन लगातार गिरावट हुँदा नेप्से करिब ४४ अंकको गिरावट भइसकेको छ ।  साताको चौथो कारोबार दिन बुधबार सेयर बजार परिसूचक नेप्से १४.०५ अंकले गिरावट हुँदा २०५०.७८ को विन्दुमा बन्द भएको छ ।

 

होटल तथा पर्यटन उपसूचक सर्वाधिक ४.८४ प्रतिशतले वृद्धि हुँदा जीवन बीमा उपसूचक ०.११ प्रतिशतन, उत्पादनमूलक उपसूचक ०.२७ प्रतिशत र व्यापार उपसूचक ०.०९ प्रतिशतले वृद्धि भएको छ । यता हाइड्रोपावर उपसूचक १.६२ प्रतिशतले गिरावट हुँदा वित्त कम्पनी उपसूचक १.६१ प्रतिशतले र हुँदा विकास बैंक उपसूचक १.३६ प्रतिशतले गिरावट भएका छन् । त्यस्तै लगानी उपसूचक १।६० प्रतिशत, लघुवित्त उपसूचक १.०६ प्रतिशत र बैंकिङ उपसूचक ०.८२ प्रतिशतले घटेको छ ।

नेप्सेसँगै कारोबार रकममा पनि गिरावट भएको छ । लगातार चार अर्ब माथिको कारोबार भइरहेको बजारमा बुधबार भने घटेर साढे ३ अर्ब भन्दा तल झरेको छ । बुधबार नेप्सेमा ५९ हजार ८१३ वटा कारोबारमा ८६ लाख ५१ हजार १६४ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा ३ अर्ब ४९ करोड ६८ लाखको कारोबार भएको छ । जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक २३ करोड ६ लाखको कारोबार हुँदा सोल्टी होटलको १९ करोड ३५ लाख र हिमालयन डिस्टिलरीको १६ करोड ७६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।