२०८१ जेठ ५ , शनिवार

इलिप्स स्कुलका वार्डेनविरुद्ध दुरुत्साहन मुद्दा दर्ता

 

सुनाखरी न्युज  / काठमाडौं  – काठमाडौँको नयाँ बजारस्थित इन्टरनल लाइट पब्लिक स्कुल इलिप्सका पिन्सिपल र दुईजना होस्टेल वार्डेन पक्राउ परेका छन । जेठ १७ मा त्यहाँ अध्ययनरत छात्र धादिङ घर भएका ११ वर्षीय अभिषेक तामाङ स्कुलको छात्रवासमा मृत भेटिएका थिए । सोही घटनाको अनुसन्धानका लागि प्रिन्सिपल दिर्घराज दाहाल र दुईजना होस्टल वार्डेनलाई प्रहरीले पक्राउ गरेको हो ।

स्कुलको होस्टलमा बस्दै आएका ती बालकलाई शारीरिक र मानसिक यातना दिएर आत्महत्या गर्न बाध्य बनाएको आरोप रामप्रसाद सापकोटाविरुद्ध मुद्दा दायर भएको हो । बालककी आमा सन्दिरा तामाङले वार्डेन सापकोटा, प्रिन्सिपल दीर्घहरि दाहाल र शिक्षक पुरुषोत्तम अधिकारीविरुद्ध दुरुत्साहनको जाहेरी दिएकी थिइन्।

आफ्ना  छोरालाई ट्वाइलेट सफा गर्न लगाउने, कुटपिट गर्ने, शारिरीक तथा मानसिक यातनादिएर आत्महत्या गर्न बाध्य बनाएको भन्दै उजुरी दिएकी थिइन्। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार पीडितका परिवारले प्रिन्सीपल र वार्डेनविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी दिएका छन । जाहेरी दर्ता गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।