२०८१ जेठ ५ , शनिवार

मानव बेचबिखनको आरोपमा पूर्व वडाध्यक्ष पक्राउ

सुनाखरी न्युज /  काठमाडौं –  नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदी घर भएका ५५ वर्षीय सुनबहादुरलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो। मानव बेचबिखनको आरोपमा पक्राउ पर्दै छुट्दै गरेका पूर्व वडाध्यक्ष समेत  थिए  ।

जापानमा मासिक १ लाख कमाइ हुने गरी कृषि काममा र पठाइदिने र त्यसका लागि १२ लाख लाग्ने भन्दै रकम लिएर उनले ठगी गरेको पाइएको छ । पक्राउ परेका सुनबहादुरलाई थप कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

सुनबहादुरले २५ वर्षदेखि गाउँका किशोरीहरुलाई दिल्लीका कोठीहरुमा लगेर बिक्री गर्दै आएको डिआइजी कार्की बताउँछन् । २०५१ सालमा झापाको काकँडभिट्टा हुँदै तीन युवतीलाई भारत लैजान लागिएको थियो।

सीमा छेउमा पैसा साट्ने क्रममा प्रहरीले दुई युवती र एक दलाललाई पक्राउ गर्‍यो। त्यसबेला सुनबहादुर भाग्न सफल भएका थिए । उनीविरुद्ध पनि मुद्दा चलेकोमा अहिलेसम्म उनी फरार रहेरै धन्दा जारी राखेका थिए।