२०८१ बैशाख २१ , शुक्रवार

ब्रोकर लाइसेन्स प्रक्रिया खुला गर्ने अर्थ समितिको निर्णय

सुनाखरी न्युज/ काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले ब्रोकर लाइसेन्स वितरण प्रक्रिया खुला गरेको छ ।

ब्रोकर लाइसेन्स प्रक्रियामा अनियमितताको आशंका गर्दै समितिले गत जेठ २९ गते लाइसेन्स वितरणमा रोक लगाएकोमा मंगलबार बिहान बसेको समितिको वैठकले प्रक्रिया खुला गरेको हो । समितिको मंगलबार बसेको बैठकमा धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले मेरिटोक्रेसीको आधारमा लाइसेन्स दिएको बताउनु भएको थियो ।

 

छलफलमा सहभागी पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सर्वोच्च अदालतले नै ब्रोकर लाइसेन्स वितरण गर्ने बाटो खुला गरिसकेको अवस्थमा समितिले अल्झाउन नमिल्ने बताउनु भएको थियो । यस्तै, पूर्वअर्थमन्त्री विष्णु पौडेलले पनि सर्वोच्च अदालतले निर्णय गरिसकेकाले यसमा थप छलफल गरिरहन नपर्नेमा सहमति जनाउनु भएको थियो ।