२०८१ बैशाख २१ , शुक्रवार

समृद्धि फाइनान्सको गैर शाखा उद्घाटन

सुनाखरी न्युज/ काठमाडौं । नेपाल राष्ट्र बैकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको संस्थासमृद्धि फाइनान्स कम्पनी लिमिटेडकोनवौं शाखाको रुपमा शाखा कार्यालय गैर, सर्लाहीको समुद्घाटन कार्यक्रम सोमबार कविलासी नगरपालिकाका मेयर ब्रहमदेव राय र समृद्धि फाईनान्स लि.का संस्थापक संचालक सुजन अधिकारीले संयुक्त रुपमागर्नुभयो ।

फाईनान्सको शाखाप्रबन्धक रामहरि निरौलाले संचालनगनुर भएको उक्तकार्यक्रम संस्थाकासंचालक सुजन अधिकारीको सभापतित्वमाकविलासीनगरपालिकाको मेयर प्रमुखअतिथि,नगरपालिकाकोउपमेयर पुनम कर्ण र नेपाल सरकारको भूतपूर्व सहकारी अधिकृत तथा राजश्री बचत तथा ऋण सहकारी संस्थाको व्यवस्थापकप्रमुख रामलक्ष्यण रायविशिष्ट अतिथिरहनुभएको थियो । उक्तकार्यक्रममा मेयर ब्रहमदेव रायले यस भेगमा बैकको अत्यधिकआवश्यकता रहेको र रकमजम्मातथा वैकिङ्खकारोबार गर्न यहाँका स्थानीयबासिन्दा धेरै अप्ठ्यारो परिरहेको परिस्थितिमाअव सो समस्याबाट यहाँका वासिन्दाले मुक्तीपा्ई सरल र सहज ढंगले गाउँमै सेवा लिन उपयुक्त अवसर भएको विचार व्यक्तगर्नु भयो ।

 

कार्यक्रममाउपमेयर पुनम कर्णले यस ठाउँमा रहेको जनताअधिकांस कृषकहरु रहेको तथा उनीहरु कतिपयलाई कसरी वैकिङ्ख सेवालिने सो सम्बन्धमा जानकारी समेत नभएकोले कर्मचारीहरुले सो माथप सहजीकरण गरि कुरा वुझाएर वैकिङ्खदायरमाल्याई वैकिङ्ख सेवादिई विश्वासिलो ढंगले कार्य गर्न सुझाउँदै संस्थाको प्रगतिको शुभकामना दिनु भयो । त्यसैगरि पिपरिया मा.वि.का प्र.अ. बद्री नारायण मिश्रले यस वैकबाट हामीजस्ताकर्मचारी वर्गहरुलाई थप फाईदा पुग्ने तर्फ आशावादी हूँदै उत्तर उत्तर प्रगतिको शुभकामना दिनु भयो । संस्थाको नायबप्रमुखकार्यकारी अधिकृत गोकर्ण प्रसाद दुवाडीले सस्थाको परिचयका साथै सस्थाले उपलब्ध गराउने सेवा सुबिधाको बारे प्रकाशपार्दै स्वागतमन्तव्य राख्नुभएको उक्त कार्यक्रममा, राजश्रीकाव्यवस्थापन प्रमुख रामलक्ष्यण राय, समाजसेवीतथा वुद्धिजिवी रजनिकान्त झा,नगर कार्यपालिका सदस्यविनयकुमार कर्ण लगायतले बैकको आवश्यकता र महत्वको विषयमाआफ्नो धारण राख्दै वैकको उत्तरोक्तर प्रगतिको शुभकामनादिनुभयो । अन्त्यमा संस्थाकासंचालकले यस ठाउँका बासिन्दाहरुको आवश्यकताबमोजिम वैकले आफ्ना सेवाहरुलाई परिमार्जन गर्दै गुणस्तरिय सेवादिने कुरा विश्वस्तपार्दै कार्यक्रमको समापनगर्नुभयो ।

 

उक्तनयाँशाखा सहित देशभरि फाइनान्सको शाखा सञ्जाल नौ वटा पुगेको छ । संस्थाले यसै हप्ताथप ३ नयाँशाखाहरु उद्घाटन गर्ने योजना रहेको जनाएको छ । संस्थाकोआइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, एसएमएस अलर्ट, क्लियरिङ्ग लगायतका सेवाहरु सञ्चालनमा रहेको छ ।निक्षेपमाआकर्षक व्याजदर कायम गरेको सो संस्थाले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्नवर्ग कर्जा, व्यावसायकर्जा, व्यक्तिगतकर्जा लगायतकाकर्जा प्रवाहगरिरहेको छ ।