२०८१ बैशाख २१ , शुक्रवार

वाणिज्य बैंकहरुले वैशाख मसान्तसम्म कमाए ५७ अर्ब बढी नाफा, कसको कति ?

Bank

सुनाखरी न्युज/ काठमाडौं ।
चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म वाणिज्य बैंकहरुले ५७ अर्ब १६ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार सञ्चालनमा रहेका २१ वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको १० महिनामा उक्त नाफा कमाएका हुन् ।

यसअघि चैत मसान्तसम्मको वित्तीय विवरण अनुसार वाणिज्य बैंकहरुको खुद नाफा ४८ अर्ब ७० करोड ४९ लाख रुपैयाँ रहेको थियो । यसआधारमा, एक महिनाको अवधिमै वाणिज्य बैंकहरुले ८ अर्ब ४५ करोड ९१ लाख रुपैयाँले खुद नाफा बढाएको देखिन्छ ।

 

 

वैशाख महिनासम्म सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक रहेको छ । यसअवधिमा नबिलले ६ अर्ब १२ करोड ४ लाख रुपैयाँ नाफा कमाएको छ । ग्लोबल आइएमई बैंकको नाफा ५ अर्ब ३४ करोड ११ लाख रुपैयाँ रहेको छ । तेस्रोमा एनआइसी एसिया बैंकको नाफा ४ अर्ब ३९ करोड २७ लाख रुपैयाँ छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र राष्ट्रिय वाणिज्य बैंकको नाफा पनि ३ अर्ब माथि छ ।